साङ्केतिक तस्बिर:साभार वेब

सङ्गीत सुन्दै शौच गर्न पाईने नेपालमै पहिलो डिजिटल शौचालय !

Hollywood Khabar January 19,2020 Comments

७ माघ काठमाण्डौं।नेपालगञ्जमा शौचसँगै सङ्गीतको आनन्द लिन सक्ने गरि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ।सो शौचालयको जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ।शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँ बाट अर्को ठाउँमा सहजै लान सकिनेछ।डिजिटल शौचालयमा सौर्य प्रणाली बाट विद्युत् प्रवाह गरिएको छ।अपाङ्गता तथा महिलामैत्री छ।एकैपटक तीन महिला,तीन पुरुष र एक फरक क्षमताका व्यक्तिले शौच गर्न सक्नेछन्।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन।शौचालय प्रयोगमा आए-नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ।शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ।जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन्। शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ।साबुन सङ्केत रहेको तल हात लगेमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ।नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ।