-तस्विर वेब

सञ्चारमन्त्री बाँस्कोटाको कार्यक्रम प्रेस युनियन मकवानपुरद्वारा बहिस्कार

Hollywood Khabar May 13,2019 Comments

३१ बैशाख हेटौँडा मकवानपुर।नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गरेको छ।प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बाँस्कोटा सहभागी भएको कार्यक्रमको प्रेस युनियनले बहिस्कार गरेको हो। 

नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विद्येयकका विरुद्धमा सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो। त्यसका साथै हेटौंडामा भएको मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष पोष्टराज अधिकारी कुमारले जानकारी दिए।युनियनको केन्द्रीय कार्यक्रम अनुसार नै  प्रेस युनियनले सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए।