हराईरहेका १७ बर्षे किशोर शैलेन्द्र अर्याल मृत फेला परे 

Hollywood Khabar September 24,2018 Comments

१० असोज,पाल्पा।असोज २ गतेदेखि हराईरहेका १७ बर्षे किशोर शैलेन्द्र अर्याल मृत भेटिएका छन्।आनन्द निकेतन बिद्याश्रम कृष्णाबारीमा कक्षा १० मा पढ्ने शैलेन्द्र असोज २ गते स्कुल र ट्युसन पढेर घर आएपछि खेल्न निस्केपछि घर फर्केका थिएनन्। हराएका शैलेन्द्र अर्याल रामपुर नगरपालिका ८ का शव कालीगण्डकी नदी अन्तर्गत नवलपुर जिल्लाको बुलिङटार बेसीथुम घाट नजिक मृत भेटिएका हुन् ।नदी किनारमा खोज्ने क्रममा मंगलबार दिउँसो झण्डै २ बजे उनको शव नदीमा भेटिएका इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए।केही दिनअघि केटीको काण्डमा साथीभाईसँग भनाभन भएपछि विवाद चुलिएको थियो ।विवाद भएको थाहा भएपछि बिद्यालयमा शिक्षकहरुले उनीहरुको झगडा मिलाएका थिए ।