२४ मंसिर,काठमाडौं।१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउदै स्वर्ण पदक जितेको हो।नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए।खेलको ३७औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। चेन्चोको स्पिड र सटिक प्रहारलाई नेपाली रक्षापंक्ती र किपरले रोक्न सकेको थिएन। भुटानले पनि केही राम्रा आक्रमणको प्रयास गरेको भए पनि नेपाली रक्षापंक्तीका खेलाडीहरु रोकेका थिए।खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।
-नेपालले स्वर्ण पदक जितेको
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!