-सांकेतिक तस्विर

सडक दस्तुर सङ्कलन गर्ने ढाँटमा आगजनी एक प्रहरी घाइते 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ, चितवन ।भरतपुर महानगरपालिका १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर सङ्कलन गर्ने ढाँटमा शुक्रबार आगजनी भएको छ ।आगजनीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का गम्भीर घाइते भएकी छिन् ।प्रदेशसभाका सांसद कृष्णप्रसाद खनालको उपस्थितिमा स्थानीयको एक समूहले  आगजनी गरे को चितवनका डिएसपी दीपेन्द्र शाहले बताए ।

आगजनीका क्रममा घाइते भएकी असई खड्काकोचितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।खड्काको  हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षति भएको छ । पूर्वी चितवनवासीले यसअघिनै सो ठाउँबाट ढाट हटाउन माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।