-तस्विर वेब

क्रिश्चियन जाल,सच्चाईको नाम :हिन्दु धर्म परिबर्तन गराउने काम  

Hollywood Khabar August 11,2019 Comments

२८ साउन काठमाडौं।पछिल्लो समय सच्चाईको नाममा धर्म परिबर्तन गराउने क्रिश्चियन गिरोह सक्रिय भएको छ।क्रिश्चियन धर्म अन्तर्गतको एक सच्चाईले सबै धर्म मान्न मिल्ने, रोग निको हुने जस्ता प्रलोभन दिएर हरेक शनिबार सच्चाईमा बोलाउने गरेका छन्।बाइबल पढाउने, भजन गाउन लगाउने गर्दै विस्तारै धर्म परिवर्तन गराउने सच्चाइको कुटिल तरिका हो ।परमेश्वरले शरिरमा लागेको रोग निको पार्ने भन्दै भ्रम छरेर धर्म परिवर्तन गराउनेलाइ पोखरामा प्रहरीले पक्राउ गरेको छ।

बाईबल सहित् पक्राउ परेका ७३ बर्षिय कोरियन नागरिक चो युसाङ्गलाई जरिवाना लिएर आफ्नै देश फर्काईएको छ । तेस्तै बैदाम क्षेत्रबाटै बाईबल सहित दुइजना जापानी नागरिक पक्राउ परेपछि उनीहरुलाई पनि जापान फकाईएको कास्की प्रहरीले जनाएको छ ।पछिल्लो समय परमेश्वरले शरिरमा लागेको रोग निको पार्ने भन्दै भ्रम छरेर धर्म परिवर्तन गराउने पोखरा १७ महतगौंडाको सच्चाई सत्संगका जमबहादुर लाइ प्रहरीले पक्राउ गरेको छ।पुनले बाइबल र प्रार्थना किताव सर्वसाधारणलाई किन्न बाध्य पारेका स्थानीयले बताए ।

मूल्य उल्लेख नभएको बाइबलको किताव सर्वसाधारणले ६ सय ७० रुपैयाँमा किनेका छन् । शनिबार सत्संगमा पुगेका सर्वसाधारणकै अगाडी पुन र उनकी छोरीले आफूहरु क्रिश्चियन रहेको र सच्चाई पनि क्रिश्चियन भएको बताएका थिए ।परमेश्वरको ध्यान गरे मुटुरोग, सबै प्रकारका रोग निको हुने भन्दै सच्चाईले विभिन्न क्षेत्रमा शाखा खोलेको छ ।सुरुमा अरु धर्म मान्न पाइने भनी सर्वसाधारणलाई झुक्याइने गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जुनसुकै नाममा धर्म परिवर्तन गराउने नियत देखिए कारबाही हुने बताए ।