लेखक अधिवक्ता दिपक कुमार बिष्ट

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

Hollywood Khabar May 28,2020 Comments

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा लाग्दो हो माया प्रेमका नाममा कति आमाका काख रित्तिए, कति युवाहरुको जिवन बर्बाद भएका छन्,यो जातिय बिभेद छुवाछुत तल्लो जात र माथिल्लो जात अनि ति जात जात बिचमा हुने फरक फरक व्यवहार नै नबराजको मृत्युको कारण हुन सक्छ । उनीहरु बिचमा माया प्रेम त भएकै हो उनीहरुबिचमा यदि शारिरीक सम्बन्ध समेत रहेको थियो भने एउटी १७ बर्षकि नाबालिकाको मञ्जुरीमै भएको भए पनि त्यो जबर्जस्ति करणी हुने कुरा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा भएको जवजस्ती करणी गर्न नहुने: उपदफा (१) मा कसैले जवजस्ती करणी गर्न हुदैन । कुराको उल्लेख गर्दै उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर लिएपनि अठार वर्ष भन्दा कम उमेरको कुनै नाबालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा नाबालिकालाई जवजस्ती करणी गरेको मानिनेछ । भन्ने उल्लेख गरेबाट नवराज बिक र सुष्मा मल्लको प्रेम सम्बन्ध र उनिहरु बिच रहेको शारिरक सम्बन्ध आफैमा कानुनन अपराध भएको तथ्यहरुले प्रष्ट्याउँछ। त्यसैगरि उपदफा (३) जवजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिती र महिलाको उमेर हेरि देहाय बमोजिम कैद हुनेछ । भन्दै खण्ड  (घ) मा सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्मको सजायको समेत व्यवस्था गरिएको देखिन्छ ।

मृतक नवराज बिक र १७ बर्षिय नाबालिका सुष्माका बिचको प्रेम सम्बन्धमा यदि गलत कार्यको कानुनी बाटो थियो भने नवराजले मात्र उसले माया गरेको सजाय मृत्यु वरण गर्नुपर्ने कहाँको न्याय हो? त्यो पनि ६ /६ जनाले उसंगै उसले गरेको मायाको सजाय मृत्यु वरण गर्नु पर्ने यस्तो दानबिय ब्यबहार गरेर कानुनलाई हातमा लिने अपराधिक कार्य आफैमा निनदनिय कार्य हो ।नौ जना अपराधी छुटोस तर एउटा निरपराधी नपरोस भन्ने फौजदारी न्यायको सिद्धान्तलाई हेर्ने हो भने पनि अपराधीले कानुन सजाय त पाउनु पर्छ नै तर कोही निर्दोस नपरोस अपराधिलाइ कडा भन्दा कडा कर्बाहि हुनु पर्ने कुरामा कसैको दुई मत नहोला ।

 रुकुम सोति घटनाको अपराधीका संरक्षकलाई अब जनताले सोध्न चाहान्छ्न, मृतकहरु आफै डोरीले बाँधिएर, आफै हात भाचेर,आफै टाउको फुटाएर भेरिमा आफै हामफालेका हुन आफुलाई सबैभन्दा माथील् दर्जाको नागरिकका रुपमा देख्न चाहाने चौरजहारीका नागरिकहरुलाई मान्छेलाई मारेर वा नमारी जुन तथ्य पुष्ट्याईं हुन बाँकी नै छ, निर्घात कुटीट भई हात खुट्टा भाँचीएको टाउको फुटेको अनि  ट्युवमा  बाँधेको अवस्थामा  भेरि नदीमा  भेटिनुलाई के भन्ने ? ति आफै आफैले हात खुट्टा भाँची टाउको फूटाई ट्युवमा आफै बाँधीई भेरीमा हाम फालेका हुन् भनेर सारा नागरिकले बुझ्नु पर्ने हो त अब । भेरि नदीमा फेला परेका नवराज बिक लगायत लोकेन्द्र सुनार समेतको लासको प्रकृतिले यिनै कुराहरुलाई पुष्ट्याईं गर्दछ। उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यस क्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दाबी छ। सरकारले दोषीलाई कार्बाही गर्ने र पीडितले न्याय पाउने बिषयमा गम्भीर शङ्का उब्जाएको भन्दै जातीय विभेदकै कारण हत्या भएको र त्यस हत्याबाट पिडीतहरुको न्यायका लागी जाजरकोटका नागरिकहरु यो कोरोना महामारीको समेत बेवास्ता गर्दै नाराबाजी गर्दै सडका उत्रिएका छन्। सोतीका गाउँलेले समूहका १२ जनालाई सोही दिन पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन्। सामाजिक सञ्जालमा आएका सोती गाउँका स्थानीयको अन्तर्वार्ताहरुलाई आधार मान्ने हो भने उनीहरुले युवती लिन आएका युवाहरुलाई खेदेर भेरी नदीको किनारमा तीनतिरबाट घेरेर ‘ट्रयाप’मा पारेको तर उनीहरु आत्तिएर नदीमा हाम फालेको बताएका छन्। समातेर प्रहरीलाई बुझाउने योजना अनुरुप उनीहरुलाई भेरीको किनारमा पुर्या्एर ट्रयापमा पारेको उनीहरुको भनाइ छ। यता युवती लिन पुगेका समूहका बाँचेका युवाहरुले १५०/२०० सय गाउँलेले हतियार लिएर लखेट्दै किनारमा पुर्यााएर सबैतिरबाट घेरेपछि बाध्य भएर नदीमा हाम फालेको र पछि रहेका साथीहरुलाई निर्घात कुटपिट गरेको देखेको बताएका छन्। घटनालाई लिएर संघीय संसदमा समेत चर्को आवाज उठेको छ। ठकुरी र विक बीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण सोतीका गाउँलेले जाजरकोटबाट आएका युवाहरुलाई कुटपिट गरेर मारी खोलामा फ्याँकेकोसम्म कुराहरु आएका छन्। मान्छेको ज्यान गएको छ, कुटपिट गरेर फ्याँकेको भए पनि आफैँ हाम फालेको भए पनि।

यो घटना आफैमा निन्दनीय घटना हो भन्ने कुरामा दुईमत छैन । जुनसुकै जातीय भए पनि एकजना नेपाली नागरिक मरेको वा मारिएको छ। यो दु:खद कुरा हो । मानिसको चेतना र विवेक मारिएको रुकुमको घटनाले दलितहरू मात्र हैन हामी सबैलाई असीम पीडा हुनु स्वभाविक हो । यो आफैमा आपराधिक घटना हो। कसैले यस घटनालाई राजनीतिकरण नगरौँ । रुकुम चौरजहारीको सोती घटना दलित विरुद्धको मात्र नभई मानवता विरुद्धको अपराध पनि हो, यस अर्थमा दोषीलाई  कार्वाही हुनुपर्छ भन्नेमा कसैको दुईमत हुन सक्दैन । घटनापछि १७ बर्षिय नाबालिका सुष्माको  प्रस्तुत घटनाको केन्द्रबिन्दु भएकोले यस्ता मुद्दाहरुमा मृतक, पीडितको न्यायको लागि लड्दै गर्दा उसँग जोडिएको अर्को पीडित छायाँमा पर्दा वा उसको सुरक्षा नगर्दा पीडितलाई मानसिक समस्या आउन सक्ने कुरालाई पनि हामीले बिर्सनु हुदैन । यस्ता दुर्घटनाले व्यक्तिमा मानसिक प्रभाव पर्ने र समाजले हेर्ने दृष्टिकोणमा समेत फरक पर्न जाने हुँदा त्यस किसीमका मानसिक दवाबका कारण निज किशोरीतर्फ अर्को घटना घट्न सक्ने र पीडितलाई दुर्घटनापछि ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर’ (पिटिएसडी) पनि हुन सक्ने तर्फ पनि मध्य नजर गर्दैपिडीतलाई  मनोसामाजिक परामर्श प्रदान गर्नुपर्ने बारेमा पनि सरकारी पक्षको ध्यान जानु जरुरी देखिन्छ । कुनै पनि ट्रमाको कारण समस्यामा आएको बिरामीको उपचार सफल हुन बिरामीको वरपरका मानिसले गर्ने व्यवहारमा भर पर्छ। यस्ता बिरामीलाई विशेषगरी परिवार, आफन्त,साथीभाईले धेरै सहयोग गर्नुपर्छ, त्यस्तै विद्यालय, कलेज जाने उमेरका बिरामीलाई निको बनाउन शिक्षक शिक्षिकाको पनि महत्वपूर्ण भूमिका हुन्छ। बिरामीको भौतिक शरीर, भावना र मानसिक अवस्थाको ध्यान दिनुपर्ने हुन्छ। रुकुम घटनाको पीडितको विषयमा पनि यी किशोरीले अहिले आफ्नो प्रेमी गुमाएकी छन्, बाबुआमा प्रहरी नियन्त्रणमा छन्, उनलाई सामाजिक लाञ्छना पनि व्यहोर्न परिरहेको छ। उनलाई धेरै गारो पर्छ। किशोरीको मनो सामाजिक अवस्थाको बारेमा चाँडै ख्याल गरिनुपर्छ।

यस्ता बिषयमा अनेकथरि समिति गठनले मात्र सरकारी दायित्व पुरा हुदैन र हुने होइन , घटनाका सम्बन्धमा सहि र चुस्त अनुसन्धान हुनुपर्छ र न्यायलाई मर्न दिनु हुदैन भन्ने नै सबैको अपेक्षा हो । गल्ती गर्ने पक्षलाई कानुनी कार्वाही हुनुपर्छ । यस घटनामा जातीय विभेदको पिलर खडा गर्ने र जातपातको विभाजन गर्ने अनि घटना घटिसकेपछि जातीय रंग दिने पक्ष पनि त्यतिकै दोषी छ। जातिय विभेदकै कारण पटक पटक यस्तै विषयमा विवाद वा झगडा वा घटना दोहोरिरहनुमा जिम्मेवार को ? राज्य ? स्थानिय नागरिक? कानुन कार्यान्वयन पक्ष ? यो घटना घट्नु पहिले नै यहि बिषयमा पटक पटक विवाद झैं झगडाले मात्र नपुगेर अपहरण गर्ने शैलीमा १८/२० जना केटाहरू लिएर बेहुला केटी लिन जानुलाई पनि सकारात्मक मान्न सकिँदैन । जानै परेको भए पनि अलि घरका समाजका अलि परिपक्व मान्छे साथमा लिएर गएको भए पनि त्यो घटना नघट्न सक्थ्यो कि अव यो प्रश्न केवल प्रश्नमै सिमीत रहनेछ कारण घटना घटी सकेको छ।त्यसरी हुलजत्था लिएर गइसकेपछि विवाद हुन्छ, झगडा हुन्छ ,घाइते हुन्छ र मान्छेको ज्यानै समेत जान सक्छ। यहाँ पनि भएकै त्यही हो । यो घटनालाई सरासर जातीय रंग मात्रै दिनु उचित हुँदैन ।