-ऋषभदेव घिमिरे 

दाेसाँधमा देश..............

Hollywood Khabar May 07,2018 Comments

दशगजाहरू ढालिएलान्
भत्केलान् सिमास्तम्भका बुर्जाहरू
राहदानीमा प्रवेशाज्ञा
लगाए जस्ताे हुदैन
देशकाे सिमा
देशको मानचित्र
शहीदकाे रगतले सिंचिएकाे भूगोल 
फर्कदैन नहर फर्काए जस्ताे देश
काेर्न मिल्दैन 
सिसाकलमले
स्थापित सिमारेखाकाे निशानी 
मेट्न सकिन्न साँध र सिमाना 
खाेस्न सक्दैनन् कसैले 
मेरो राष्ट्रिय स्वाधीनताकाे स्वाभिमान 
राहदानी बाेकिएकाे झाेलाभित्र
जान सक्ला देशको छायाचित्र
अट्न सक्ला त्यहा हिमालकाे चित्र
हस्तकलाकाे फ्रेम भित्र
सजिएर उपहार हुन सक्लान्
वेद,मुन्धुम र त्रिपिटक जन्मेको माटो 
साटिएलान् बुद्धका बैचारिक ज्ञानका खावाहरू
तर मेराे देशको सिमारेखा सारियाे र भने
त्यतिबेला उम्लने अामाकाे रगत
जगाउने छिन अामाले अाफ्ना सन्ताहरू 
उदघाेष गर्ने छिन
जाेगाउन देश, बचाउन देश।