थ्रेस होल्ड नराख्न मागगर्दै सानादल देउवासामु पुगे

Hollywood Khabar January 30,2017 Comments

थ्रेस होल्ड नराख्न माग गर्दै साना दलहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।नेकपा माले, नेमकिपा लगायतका साना दलका सांसदहरुले मंगलबार देउवालाई भेटगरी समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था एक प्रकारको थ्रेस होल्ड भएको भन्दैज्ञापन पत्र बुझाएका हुन्।
 उनीहरुले गृह मन्त्रालयले ल्याएको राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस होल्डको प्रस्ताव नभएको भन्दै अहिले संशोधन हालेर थ्रेस होल्ड राख्न खोजिएको बिषय निर्दलीय व्यवस्था फर्काउने प्रयास भएको बताएका हुन्। देउवाले यस बिषयमा छलफल गरिने बताउनुभयो । पहिलो र दोस्रो संविधानसभामा झण्डै २० हजार मत ल्याएका दलले एक सभासद पाएका थिए । अब झण्डै ९० हजारदेखि १ लाखसम्म मत ल्याउनेले मात्र सांसद पाउने भन्दै साना दलले अर्को छुट्टै व्यवस्था नगर्न आग्रह गरे ।