कृष्ण के सी ४/२६/१७
U.S. Citizenship and Immigration Services-USCIS ले ग्रीनकार्ड र वर्क पर्मिट कार्डको नयाँ डिजाइन बनाएको छ।
अप्रिल १९, २०१७ मा USCIS ले जानकारी दिए अनुसार नयाँ डिजाइनका Permanent Resident Card (Green Card) र Employment Authorization Document (EAD) हरु मे १, २०१७ देखि प्रदान गरिनेछ। यी पुन:डिजाइन गरिएका कार्डहरुमा अतिसुरक्षित किसिमले ग्राफिक्स र संकास्पद परिक्षण गर्ने नयाँ फिचर राखिएको छ। यसका साथै यी कार्डहरुको नकल्ली बनाउन धेरै कठिन छ। अत्यान्तै सुरक्षित किसिमले बनाइएको कार्डहरुमा धेरै फिचर त सजिलै देख्न पनि सकिदैनन्।
खासगरी कार्डहरुमा:
१. दुबै तर्फ फोटो देखिने छ।
२. एकदमै यूनिक खाले ग्राफिकफोटो र कलर पालेट (पृष्ठभूमी) राखिएको छ। ग्रीनकार्डमा Statue of Liberty को इमेज हुनेछ र यसमा प्रिडोमिनेट्ली ग्रीन पालेट (हरियो पृष्ठभूमी) हुनेछ। EAD मा बोल्ड इगलको इमेज प्रिडोमिनेट्ली ( रातो पृष्ठभूमी) रेड पालेट हुनेछ।
३. कार्डमा होलोग्रफिक इमेजहुनेछ
४. कार्डहोल्डरको सिग्नेचर देखिदेन
५. ग्रीनकार्डमा पछाडिका अप्टिकल स्ट्राइप हटाइएको छ
६. तत्काल भने पूर्वडिजाइनका कार्डहरु पनि स्टकमा रहे सम्म तिनैको इस्यू गरिनेछ। नयाँ कार्ड आएता पनि दबैखाले कार्डहरुमा लेखिएको म्याद समाप्त नभए सम्म भ्यालिड हुनेछन्
७. पुराना ग्रीनकार्ड जसमा म्याद समाप्त हुने मिति लेखीएका छैनन तिनीहरु पनि कायम नै रहने छन्
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...