६ माघ, काठमाडौं ।आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार आज दिनभर मात्र गर्न पाइने भएको छ ।निर्वाचन आयोगले सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने जनाएको छ ।निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । सञ्चारमाध्यमले पनि यो अवधिमा दल र तिनका उम्मेदवारको पक्षमा प्रचार गर्न पाउँदैनन् ।राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि यही माघ ९ गते बिहीबार सातवटै प्रदेशमा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख सहितका राष्ट्रियसभाका सदस्य चुनिने छन् ।
- निर्वाचन आयोग
सिफारिस
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ