- राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति द्वारा संसदको आँखा छलेर कर्मचारी समायोजन अध्यादेश जारी 

Hollywood Khabar December 08,2018 Comments

२३ मंसिर काठमाडौं।संसदको आँखा छलेर राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शीतल निवास पठाएको कर्मचारी समायोजन अध्यादेश जारी गरेकी छन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार 'कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५' जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। 

संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ।यसअघि सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको बारे जानकारीसमेत गराएको थिएन।बिहीबारको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय लुकाएका थिए।अध्यादेशमा कर्मचारीलाई अनिवार्य समायोजनमा जानुपर्ने बाध्यात्मक व्यवस्था छ।