राज्य व्यवस्था तथा सुशासन समितिलाई नेपाली सेना संबन्धि प्रस्तुति

राज्य व्यवस्था तथा सुशासन समितिलाई नेपाली सेना संबन्धि प्रस्तुति

Hollywood Khabar October 31,2018 Comments

नेपाली सेनाले २०७५ कार्तिक १४ गते राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यहरुलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा प्रस्तुति गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठ्माण्डौं-तराई/मधेश द्रुतमार्ग (Expressway) आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो। उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको कुरा सेनाको बिज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र अन्त्यमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आ-आफ्नो मन्तव्य राकेह्को कुरा उल्लेख छ। उक्त कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु, रक्षा मन्त्रालयका सचिव तथा पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको कुरा समेत जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।