कृष्ण के सी/अमेरिका
नेपाली अमेरिकन समुदायबाट पहिलो पटक लायन्स क्लबको डिस्ट्रिक गभर्नरसम्म पुग्नु भएका राजेन थापाको पुर्खौली घर भने नेपालको भोजपुर हो। दार्जलिङ्गको पढाइ सकेर सुनसरीमा बस्दै आउनु भएका थापा कलेजमा अंग्रेजी बिषयको प्राध्यापक हुन्थ्यो। उसो त एउटा प्राइभेट स्कूल समेत चलाउनु भयो र त्यो स्कूल ऐले पनि संचालनमा छ।
९० को दशकको मध्यतिर पुगेर सुनसरीमा नै लायन्स क्लब अध्यक्ष समेत रहनुभएका थापा त्यसपछि सपरिवार अमेरिकाको सान फ्रान्सिस्को बसाइ सार्नुभयो। तत्पश्चात आफ्नो ब्यबसाय गर्दै आउनुभएका थापा लायन्स क्लबमा पनि नियमित रहनुभयो। गत जुलाई २०१७ देखि लायन्स कलब डिस्ट्रिक गभर्नर समेत हुनुभयो। अझै पनि उहाँ लायन्समा उपल्लो स्तर सम्म तानिँदै गएको कुरा उहाँले कुराकानीमा बताउनु भयो। हलिउडखबरका लागि गरिएको कुराकानी यो २५ मिनेटको भिडियोमा यहाँ प्रस्तुत गरिएको छ।
तपाइको डिभाइसबाट कुराकानीको भिडियो देखिएको छैन भने यो तलको यूट्यूब लिंक क्लिक गर्नुहोस:
https://www.youtube.com/watch?v=Tq374K6NWlo
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!