- शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्का, प्रितम केसी र महेन्द्र विश्वकर्मा

पुरानो राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा  दुइ युवा पक्राउ 

Hollywood Khabar May 15,2019 Comments

२ जेठ,काठमाडौं।पुरानो राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा  दुइ युवा पक्राउ परेका छन्।सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो ।

त्यसको भोलिपल्ट  उनीहरुलाईपक्राउ गरि मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिए ।पक्राउ परेका प्रितमले प्रहरी हिरासतमै अनसन शुरु गरेका छन् ।गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले केसी र  विश्वकर्मालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए।बुटवलमा पत्रकार सम्मेलन गर्दै शाहीका श्रीमती शक्ति क्षेत्रीले केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न  माग गरेका छन् ।