Bus Park, Kathmandu

पुराना यातायातका साधन जिन्दावाद

Hollywood Khabar February 04,2017 Comments

दिपक कुमार बिष्ट/काठमाडौँ

आगामी फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने गरि सरकारले गरेको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घले विरोध गरेको छ। 

महासङ्घले पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने सरकारी निर्णय कुनै पनि दृष्टिमा मजदुरको हकहितमा नभएको जनाएको छ। कार्यक्रममा नेपाल सरकारले गरेको उक्त निर्णयले मजदुरको गाँस खोस्ने, पुराना गाडी विस्थापित गर्ने र नयाँ गाडी खरिद गर्ने नाममा ठुलो कमिशनको खेल भईरहेको समेत पत्रकार सम्मेलनमा जानकरी गराउँदै सरकारलाई २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने गरि गरेको आफ्नो निर्णय सच्याउन  र पुराना यातायातका साधनमाथि प्रतिबन्ध नलगाउन महासङ्घले सरकारसङ्ग जोडदार माग गरेको छ ।