- ढलान गर्दागर्दै भाँच्चिएको बडीगाड खोलामा निर्माणाधीन पक्की पुल

५ करोडमा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भाँच्चियो 

Hollywood Khabar April 13,2019 Comments

२,वैशाख, गुल्मी।गुल्मीको मुसिकोट स्थित बडीगाड खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भाँच्चिएको छ।जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण गरिरहेको ५ करोड लागतमा निर्माणाधीन ५५ मिटर लामो पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन्। ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा  भाँचिदा निर्माण व्यावसायी ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर राना,मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।