गीतकार पूजा मारियाको जीवन साथी सार्बजनिक

Hollywood Khabar April 07,2017 Comments

बरिस्ठ अभिनेता तथा गीतकार नीर शाह र बरिस्ठ गायकले गत मंगलबार काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै पुजा मारियाको गीति संग्रह जीवन साथी सार्वजनिक गरेका छन। गीतकार पूजा मारियाको एकल शब्दहरुलाइ संगीतकार राम सिटौलाले संगीत गरेका छन्। गीतकार मारियाले यो संगै अर्को गीति एल्वम ‘परदेशीको यादमा’ समेत बजारमा ल्याएकी छन् ।

दिप पुजा म्युजिकको प्रस्तुतीमा रहेको ‘जीवन साथी’ मा ६ वटा गीतहरु छन्। एल्बममा प्रमोद खरेल, अञ्जु पन्त, गौरी मल्ल, मेलीना राई र प्राश्ना पाण्डेको आवाज रहेको छ। ‘जिवन साथी’ पुजाको तेश्रो एल्वम हो। यस अघि उनले २ वटा एल्वमहरु बजारमा ल्याईसकेकी छिन्।