-राष्ट्रपति बाइडेन देशभित्र केन्द्रित हुन चाहन्थे तर मध्येपूर्वको तनावले तान्यो

राष्ट्रपति बाइडेन देशभित्र केन्द्रित हुन चाहन्थे तर मध्येपूर्वको तनावले तान्यो

Hollywood Khabar May 11,2021 Comments

अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना महामारी, अर्थतन्त्र, इमिग्रेशन र अन्य बिषयमा आन्तरिक रुपमा बढी ध्यान केन्द्रित हुँदै थिए तर इजरेल र प्यालेष्टिनको तनावले उनको ध्यान केन्द्रित गराएको छ।

यसैबीच राष्टपति बाइडेनले बैदेशिक नीति संबन्धि केहि परिमार्जन गरेका छन्। सीएनएनका अनुसार यो पछिल्लो तनाव चीन र रसियाको साइबर थ्रेट मात्र होइन मध्येपूर्वको रकेट आक्रमणको तनावले अरु ध्यानकेन्द्रित गरायो। इजरेल र प्यालेष्टिनबीच बर्षौंपछि फेरी युद्ध सुरुभयो।यसले राष्टपति बाइडेनलाइ त्यो क्षेत्रमा रहेको बर्षौं लामो तनावको घाउ फेरी बिचार गर्न बाध्य गरायो।उनले मानव अधिकार र जनजीवनको लागि खतरा हुने काम नगर्न अनुरोध गरे।

राष्टपति बाइडेन बैदेशिक संबन्ध शान्तिपूर्ण बनाउन इरान लगायतसँग पनि वार्तामा छन्। यो समय इजरेल-प्यालेष्टिन तनावमा पुन:प्रवेस सहज नहुने सल्लाह पनि उनलाई दिएको कुरा बताइएको छ। इजरेल-प्यालेष्टिन तनावमा ३०० भन्दा धेरै रकेट आक्रमण भएका छन् भनिएको छ।

यो बिषयमा व्हाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकी (Jen Psaki) ले राष्ट्रपित बाइडेनले आफ्नो टिमलाइ पछिल्लो तनाव कम गर्न इजरेल र प्यालेष्टिनका नेताहरुसँग नेगोशियशन गर्न निर्देशन दिएको बताएकी छन्। प्रेस सेक्रेटरी साकीले सो क्षेत्रमा डिएस्कलेशनको लागि फोकस रहने, इजरेली नागरिकहरुको सुरक्षामा बढी ध्यान दिने योजना रहेको जानकारी दिइन। व्हाइटहाउस तनाव र अतिवादीहरुको दुवै विपक्षमा रहेको पनि साकीले बताइन।