-President Trump walks from the Oval Office to deliver remarks in the Rose Garden, June 1, 2020, picture from The White House

राष्ट्रभरि नै प्रदर्शन र दङ्गा बढेपछि राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रको नाममा संबोधन

Hollywood Khabar May 31,2020 Comments

हलिउडखबर/अमेरिका/६/१/२०

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले जुन १, २०२० सोमबार जर्ज फ्लोयडको मृत्यू घटनाले ल्याएको प्रदर्शन हिंसात्मक भएपछि राष्ट्रको नाममा संबोधन गरेका छन्।

राष्ट्रपति ट्रम्पको संदेशलाइ भिभिन्न टेलिभिजन र संचार माध्यमहरुले लाइभ काष्ट पनि गरेका थिए। धेरैजसो अरुलाई मात्र दोष दिने र आफू मात्र ठीक भन्ने आरोप लागेका राष्ट्रपति ट्रम्पले आज दिएको संबोधनको भने सबै भन्दा कडा आएको कुरा संचार जगतले उल्लेख गरेका छन्।

मे ३१, २०२० आइतबार अमेरिकाका प्रदर्शनमा आन्तरिक आतंकबादको संलग्नता बताएका राष्ट्रपति ट्रम्पले संबोधनमा पनि सो कुरा उल्लेख गरेका छन्। व्हाइट हाउसले रिलिज गरेको सो संबिधानमा राष्ट्रिय सुरक्षाको कुरा सबै भन्दा उच्च रुपमा उठाइएको छ। राष्ट्रपति ट्रम्पले जर्ज र उनको परिवारको न्यायको लागि आफ्नो प्रशाशन प्रतिबद्ध रहेको बताएका छन्। यसका साथै प्रदर्शनमा सहभागी भएका धेरैले गरको तोडफोड, लुट र आगजनी लगायतको कारण भने उनले आन्तरिक आतंकवादलाइ टड्कारो रुपमा लक्षित गरेका छन्।

राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई आवश्यक संख्यामा नेशनल गार्ड परिचालन गरेर प्रदर्शनलाइ नियन्त्रणमा लिन निर्देशन दिएको कुरा पनि बताएका छन्। यदि राज्य र शहरले त्यो कदम गरेनन र सुरक्षा दिएनन् भने आफूले अमेरिकी मिलिटरी परिचालन गरेर पनि क्षणबारमा नै आवश्यक परेका परिवार, ब्यबसाय र नागरिकहरुको सुरक्षा गर्ने कुरा बताएका छन्।

यसका साथै डिसी महानगर क्षेत्रमा हजारौंको संख्यामा अत्याधुनिक हतियारसहितका सिपाही, सेना, ल इन्फोर्स अधिकारीहरुको परिचलान गरेको कुरा पनि बताएका छन्। यसका साथै साँझ ७ बजे पछि कर्फ्यू आदेश जारि हुने त्यो समयमा प्रदशन गर्नेहरुलाई कानुनि रुपमा मुद्धा चलाइने समेत बताएका छन्।

Click link below for Video Speech:

https://twitter.com/i/status/1267609190140436481