-राष्ट्रपति ट्रम्प बिरुद्ध महाभियोग लगाएर नै छाड्ने हाउस स्पिकर पेलोसीको उद्घोष

राष्ट्रपति ट्रम्प बिरुद्ध महाभियोग लगाएर नै छाड्ने हाउस स्पिकर पेलोसीको उद्घोष

Hollywood Khabar December 04,2019 Comments

राष्ट्रपति डनल्ड ट्रम्प बिरुद्ध महाभियोग प्रस्ताव अगाडी बढाएर नै छाड्ने कुरा हाउस स्पिकर नान्सी पेलोसीले उद्घोष गरेकी छन्।

डिसेम्बर ५, २०१९ बिहिबार सिएनएनद्वारा आयोजित टाउनहल मिटिङमा हाउस स्पिकर पेलोसीले सो उद्घोष गरेकी हुन्। सोधिएको प्रश्नको जवाफमा स्पिकर पेलोसीले राष्ट्रपति ट्रम्प नर्भस छन्। उनीलाई देश र जनताको कुनै मतलब छैन। यति मात्र होइन अरु धेरै मुद्धाहरु छन् जसलाई उनले नजरअन्दाज गरेका छन्।

त्यसैले गर्दा म एउटा आरोपमा होइन मिशनमा छु। राष्ट्रपति ट्रम्प प्रोजेक्टिभ छन् र उनको लागि प्रार्थना गर्ने गरेको समेत बताएकी छन्। उनि बिरुद्ध महाभियोग प्रस्ताव अगाडी बढ्छ, यो आवश्यक्त पनि छ, पेलोसीले बताइन।