-बाइडेनलाइ कंग्रेसबाट राष्ट्रपति बिजेताको सर्टिफिकेट, राष्ट्रपति ट्रम्पले पावर हस्तान्तरण गर्ने

बाइडेनलाइ कंग्रेसबाट राष्ट्रपति बिजेताको सर्टिफिकेट, राष्ट्रपति ट्रम्पले पावर हस्तान्तरण गर्ने

Hollywood Khabar January 06,2021 Comments

अमेरिकी राष्ट्रपतिको निर्वाचन गत नोवेम्बर ३, २०२० मा सम्पन्न भएको थियो। निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन (डेमोक्र्याट) राष्ट्रपतिमा र सिनेटर कमला ह्यारिस (डेमोक्र्याट) उपराष्ट्रपतिमा निर्वाचित भए। राष्ट्रपति डनल्ड ट्रम्प (रिपब्लिकन) ले निर्वाचनमा पराजय भोगे। तर पनि उनले निर्वाचनको परिणाम स्वीकारेका छैन।

अन्तत जनवरी ६, २०२१ मा राष्ट्रपति ट्रम्पले प्रोटेष्ट र्याली गरेर क्यापिटल हिलमा जान निर्देशन गरे। प्रदर्शनकारीले तोडफोड र कंग्रेस चेम्बरमा सेमत तोडफोड गरे। सोहि समयमा निर्वाचनलाई सर्टीफाई गर्न बसेको कंग्रेस (संयुक्त सदन) प्रभावित भयो। बिचमा केहि रिपब्लिकन सिनेटरहरुले अब्जेक्शन गरेका थिए। तर पनि पछि राति सम्पन्न बैठकले बाइडेन-ह्यारिसलाइ बिजेता सर्टीफाई गरेको छ। प्राप्त नतिजा अनुसार निर्वाचनको ३०६ इलेक्ट्रोरल कलेज बाइडेनलाइ र २३२ मत राष्ट्रपति ट्रम्पलाइ प्राप्त भएको हो। बाइडेनले जनवरी २०, २०२१ मा सफत लिएर राष्ट्रपतिको कार्यभार लिनेछन।

सोहि नतिजा पछि राष्ट्रपति ट्रम्पले पावर ट्रान्सफर गर्नको लागि निर्देशन गर्ने तर निर्वाचनन हरेको स्विकरिका छैनन्। सिनेट र हाउसले हसलाई इतिहासमा कालो दिन भनेको छ।

CNN मा दिएको समाचार अनुसार केहि कानुन र राजनैतिक क्षेत्रका बिज्ञले संबिधानको २५ औं संसोधनलाइ कार्यान्वयनमा ल्याएर उपराष्ट्रपति माइक पेन्सले कंग्रेसको विश्वास लिएर राष्ट्रपतिलाइ विस्थापित गरेर कमाण्डर इन्चिफ हुन बिचार दिन थालेका छन्।