-मिथ्यांङ्क होइन तथ्यांङ्कमा बोल्न प्रधानमन्त्रीलाई नेता थापाको चुनौती

मिथ्यांङ्क होइन तथ्यांङ्कमा बोल्न प्रधानमन्त्रीलाई नेता थापाको चुनौती

Hollywood Khabar April 07,2021 Comments

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन कुमार थापाले नेपालको पूर्वाधार निर्माणमा मिथ्यांङ्क दिएर तथ्यांङ्कमालाइ गोलमटोल गरेको बताएका छन्।

अप्रिल ८, २०२१ बिहिबार प्रतिनिधिसभामा बैठकमा सांसद थापाले प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई बिर्सेर हचुवाको भरमा शिलान्यासतर्फ मात्र ध्यान केन्द्रित गरेको आरोप लगाएको कुरा नागरिक न्यूजले सम्प्रेषण गरेको छ। नागरिक न्यूजका अनुसार, २०७५ मा मेलम्चीको पानी आउँछ भनेपनि साढे २ वर्ष लागेको छ। अझ पनि चमत्कार भयो भनिरहनु भएको छ। उनले मिथ्यांङ्क होइन तथ्यांङ्कमा र योजनामा टेकेर मात्र कामको बारेमा बोल्न आग्रह गरे।