प्रदेश नम्बर ७ को राजधानी र नाम सम्बन्धि विवाद टुङ्गोमा

Hollywood Khabar September 24,2018 Comments

९ असोज काठमाडौँ।प्रदेश नम्बर ७ को नामाकरण र राजधानीलाई लिएर जारी रहेको विवाद टुंगोमा पुग्ने भएको छ।प्रदेशको नाम र राजधानी तोक्न गत साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा प्रतिवेदन प्रस्तुत गरेको छ ।

संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकाे गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिस सहितको प्रतिवेदन संसदमा पेश गरेको हो।प्रदेश ७ को नाम खप्तड,महाकाली,दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो।तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो ।

समितिलले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।