-सांकेतिक तस्विर

प्रदेश १मा नमूना आवासीय विद्यालय बनाउन पाँचठाउँ प्रस्ताव

Hollywood Khabar June 09,2019 Comments

२८,जेठ,विराटनगर।प्रदेश १ सरकारले नमूना आवासीय विद्यालय बनाउन पाँच ठाउँ प्रस्ताव गरेको छ। पाँच ठाउँको प्रस्ताव गर्दै ती मध्ये कुनै एउटा ठाउँमा नमूना आवासीय विद्यालय सञ्चालन गर्दा उत्तम हुने सुझाव प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिइएको छ।मन्त्रालयले २०७५ चैत २१ गते गठन गरेको नमूना आवासीय विद्यालय सम्भाव्यता अध्ययन कार्यदलले धनकुटा, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ठाउँ मध्येमा नमूना आवसीय विद्यालय बनाउन सकिने सुझाव दिएको हो।

कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै विशेष शैक्षिक क्षेत्रका लागि नमूना विद्यालय सञ्चालन गर्न सुझाव दिएको छ। प्रतिवेदनमार्फत धनकुटाको राजारानी, डाँडा बजार, मोरङको केराबारी, पाँचथरको मिक्लाजुङको रवि र कन्याटार मध्ये एक ठाउँमा नमूना आवासीय विद्यालय सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिइएको कार्यदलका सदस्य सचिव एवं मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिव्यराज कट्टेलले जानकारी दिए।