साङ्केतिक तस्बिर

प्रहरीको स्विप अपरेशन, विभिन्न अनैतिक क्रियाकलापमा संलग्न ६१ जनालाई पक्राउ

Hollywood Khabar May 15,2019 Comments

२ बैशाख काठमाडौं।प्रहरीले विभिन्न अनैतिक क्रियाकलापमा संलग्न ६१ जनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका १६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको हो।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ।त्यस्तै अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।