-नेपाल आयल निगम

पेट्रोलियम पदार्थको भाउ घट्यो 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ, काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको हो।अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।