संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई

पर्यटन मन्त्री भट्टराईविरूद्ध नारा जुलुस,हातपातको प्रयास

Hollywood Khabar September 13,2019 Comments

२९ भाद्र बाँके।नेपालगञ्जमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विरूद्ध नारा जुलुस सहित हातपातको प्रयास भएको छ।मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलो भएको भन्दै यात्रुहरूले हातपातको प्रयास गरेका हुन् । 

बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएको थियो।जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ।मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । 

उक्त जहाजमा भ्रष्टाचार विरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए।उनकै शुभ चिन्तकले मन्त्री भट्टराई विरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ। यात्रुले मन्त्री भट्टराई को हो?भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।

मन्त्रीमाथि हातपातको प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए।मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।