-सांकेतिक तस्विर

पर्सामा ७ महिनामा २७ वटा बलात्कारका घटना 

Hollywood Khabar February 12,2019 Comments

२ फागुन,वीरगञ्ज।पर्सामा ७ महिनामा २७ वटा बलात्कार सम्बन्धी मुद्दा दर्ता भएका छन्।बलात्कार सम्बन्धी उजुरीमा १६ बर्ष भन्दा कम उमेरका ३ जना, १६ देखि २५ बर्षसम्मका १२ जना, २६ देखि ३५ बर्षसम्मका ४ जना, ४६ देखि ६० वर्षसम्मका १ जना रहेको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।गत आर्थिक वर्ष ०७४/७५ मापनि १६ बर्ष मुनिका ९ जना बालिका बलात्कृत भएका थिए ।१६ देखि २५ वर्ष उमेरका ४ जना र २६ देखि ३५ बर्षसम्मका एक जना बलात्कृत भएको  प्रहरीले जनाएको छ।

त्यस्तै ३६ देखि ४५ बर्षसम्म र ४६ देखि ६० वर्षसम्मका १/१ जना गरी  १६ वटा जर्बजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताए।जिल्ला प्रहरी कार्यालय पर्सामा आएका जर्बजस्तीकरणी सम्बन्धी मुद्दाको तथ्यांकलाई केलाउँदा विवाहित महिलाको तुलनामा कम उमेरका बालिका र किशोरीहरुमाथि जर्बजस्ती करणी भएको घटना धेरै रहेको प्रहरीको भनाइ छ ।