Nepali Police Official Seal

निर्मला पन्तको हत्या प्रकरणमा एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त सिफारिस

Hollywood Khabar October 20,2018 Comments

निर्मला पन्त, एक किशोरीलाइ बलात्कार गरि हत्या समेत गरिएको महिनौ हुन लाग्यो। त्यो केशमा छानबिनमाको टुंगो र हत्यारालाई अझै कारबाही सम्म पुर्याइएको छैन। त्यो हत्यामा केशलाई लापरवाही गरेको, रोकावट गरेको, अपराधी लुकाउने र अपराधसमेतमा पदिय जिम्मेवारी समेत नगरेको जस्ता थुप्रै कारण प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।