-पीपलमणि सिग्देल, जुन १५,२०२०
आमा तिम्राे नयनतलमा आँसुकाे भेल देख्दा !
पाखा बेसी सकल जगमा त्रासकाे खेल देख्दा !
भेरी बग्छिन् रगत जसरी रातकाे विम्ब बन्दै !
मेराे छाती चरचर भयाे ओखती के छ भन्दै ! ?
काेही आए जनमनलुटी याेजना गर्नलाई !
सेवा हाे वा स्वजनहितकाे डम्फु आफ्नै बजाई ।
तेराे मेराे दिनभर भनी व्यर्थ यात्रा बिराए !
थैलाे आफ्नै मलजल हुने राष्ट्रकाे गीत गाए !
गाेली-गठ्ठा लिइकन मरे युद्धमा भाइभाइ !
आफ्नै छानाे समथल भयाे लाैन भूकम्प आई ।
काेराेनाकाे कहर पनि याे काल बाेकेर आयाे !
कालापानी तिर रिपु बनी लाैन काे सल्बलायाे ?
खाटाे छाेप्दै सकल जगमा दीप बालेर हेराैं
कान्ला बारी लहलह हुने देश आफैं सिंगाराै !
आऊ साथी सहज मनले रच्न सक्छाैं कहानी !
माटाे पानी रगत पसिना हाे नि याे जिन्दगानी !!
मेची-काली नवनव कला राेपिने मन्च भर्दै
जागौं आजै सकल पृथिवी दिव्य उल्लास छर्दै ।
खोजौं नौलो सबजन मिली एकताको मदानी
रोजौं छुट्टै नव किरणको सिर्जनाको बिहानी ।।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!