-Krishna KC

पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल

Hollywood Khabar October 26,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/२६/२०२०

बिष्णु मार्गको नाममा दशैँ भ्रम फैलाउने अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको नामबाट आएको आइतबार दशैं टीका लगाउने उर्दी पूर्ण रुपमा असफल भएको छ। अमेरिकामा अरुको त कुरा छाडौं उर्दीधारी मध्ये नै कतिले सोमबार दशैको टीका लगाए।

पहिलो कुरा यो लेख्दै गर्ने व्यक्ति क्षेत्री परिवारको हो। पण्डित, खगोलबिद्ध, ज्योशिसाचार्य, जानिफकार केहि पनि होइन। अधर्मी र नास्तिक त पटक्कै होइन अनि धर्मतुम्बी पनि होइन।

यो वर्षको नेपालीहरुको दशैँको टीकालाइ लिएर अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समिति भनेर बिना कुनै अनुसन्धान, कुनै लजिक र केहि पनि नगरी एउटा आइतबार अर्थात अक्टुवर २५, २०२० मा टीका लगाउनु भन्दै निर्णय बजारमा आयो। त्यसपछि नेपाली समुदायमा खासगरी अमेरिकामा धेरै विवाद आयो।फेसबुकमा यत्रतत्र विवाद मात्र होइन चर्का-चर्की नै परेको देखियो। हेर्नेलाइ त्यो सामान्य कुरा थियो तर काम र घरयासी धार्मिक, चाड-पर्वबाट टाढा रहेका हामी नेपाली समुदायलाइ यस्ता खाले बिचारले विचलित बनायो।

एकजना धार्मिक अध्यताले भने, पौराणिक देखि नै सनातन धर्ममा एक खालको विवाद दिनेहरु रहेछन। त्यो समय आफ्नो कुलवंसको पहिचान गराउने, त्यसलाई निरंतरता दिने कुल देवता मात्र प्रमुख मान्ने चलन रहेछ। पछि हिन्दुधर्म निस्कियो। खासमा संसारको अनन्त, आदि र अन्त्य नभएका चाहिँ शिव मात्र हुन्। शिव देवता भन्दा माथिका आफै ब्रह्माण्ड चलाउने सिष्टम हुन्। पछि उनलाई देवता मानियो। आखिर उनि देवता भन्दा माथिका सदाशिव हुन्।

शिवको त्यो जानकारी बुझेपछि एकाथरी मानव समुदायले भगवान विष्णुलाइ मान्नथाले, विष्णु मात्र भगवान हुन् उनी बाहेक अरु कोहि छैनन भन्न थाले। एक किसिमले धार्मिक विवाद र कलह चल्यो। अहिले त्यो रुप विस्तारै बढेको छ। कतिपय उग्र वैष्णपहरुले हरेक शिष्टममा फरक र उल्टा सिधा समेत गर्न थाले। अहिले आएर यो दशैँको विवाद पनि त्यसैको अर्को एउटा झड्का हो।

  • दशैको टीका आइतबार पर्ने भन्ने उनिहरुको निर्देशन एउटा निर्णय मात्र हो। त्यसमा कुनै गणितीय अनुसन्धान गरिएको छैन। क्यालिफोर्निया राज्य नै नेपाल भन्दा ठूलो छ। अब यहाँको गणितीय अनुसन्धान बिना दशैँको टीका कुन ठाउँमा, कहिले किन पर्छ, कतिबेला पर्छ भन्ने त्त्यो निर्णय आफैंमा बेतुकको कुरा हो।
  • हामीले गर्ने पितृकार्य, बिबाह, जन्मकर्म या मृत्यूकर्म चाहिं हाम्रा कुल पण्डितले गरेको निर्णय अनुसार हुन्छ। यसमा अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समिति चाहिंदैन। कहिल्यै आवश्यक पनि परेन, यो यसरी नै चलेको छ। त्यसैले पुरेतको मुख चोखो भन्ने चलन छ।
  • अनि दशैँ कुनै एउटा कारणपछि त्यसको स्मरणमा मनाउने हामी मानवले सृजेको चाड-पर्व हो। दशैँ चाड मनाउन २४ घण्टामा कुनै पनि शुभ समय या मिलेको समयमा टिका लगाउन सकिन्छ। यसमा फरक पर्दैमा कोरोना जस्तो रोग फैलिने या धर्ती फाट्ने कुनै कारण छैन। हाम्रा पुर्खा र श्रष्ट्राले पनि त्यस्तो केहि भनेका छैनन्। उसै पनि भनिएको त्यो ठ्याक्कको साइतमा त कुनै एक व्यक्तिलाइ टीका लगाउन सकिन्छ, घरका सबैलाई लगाउन सकिन्न। अनि त्यो टीका लगाइदिने व्यक्ति पनि त खालि रहन्छ ? पहिला पहिला पनि राजाले टीका लगाउने साइत भनिन्थ्यो तर त्यो समय राजाले मात्र टीका लगाउने गर्थे। अरुले होइन, के त बाँकी सबैलाई साइत चाहिएन ? यो पनि कुनै लजिक हो ?
  • दशैँमा हाम्रो घरमा नवदुर्गा पुजा गरिन्छ। टीकाको दिन दुर्गापुजा गरि उठाएको जमारा, टीकाको प्रसाद आफ्ना कुल देवताको पुजा गरेर फुल-प्रसाद चढाएपछि त्यो दुर्गा प्रसाद पवित्र प्रसाद मानिन्छ। अर्थात दशैको टीका सामग्री तयार हुन्छ।
  • यसरी दशैँको पुजा बिधि चाहिं साइतमा गर्ने हो, टीका लगाउन कुनै जीवन-मरणको सवाल होइन। टीका दुर्गा र कुल पुजा सकेर दशमीको दिनबाट पूर्णिमा सम्म जहिले पनि, २४ सै घण्टा लगाउन मिल्छ। यसमा कसैको पनि विमति रहेको छैन। अनि यसमा हामी कहिल्यै पनि द्विविधामा छैनौ, हुनु पनि जरुरी छैन।
  • कुल देवताको पुजा मुल घरमा गरिन्छ। हामी धेरै जसो चाहिँ कुल घरबाट बाहिर छौं। सोमबार नेपालमा पर्ने दशैँको टीका हाम्रा कुल घरमा कुल पुजा, कुल घरको बिधि नै सुरु नभएर एक दिन पहिला आइतबार अमेरिकामा कसरी दशैँ टीका हुन्छ भन्ने सामान्य प्रश्नको जवाफ त एउटा बच्चाले पनि दिन सक्छ।के ती पण्डितहरुलाई यो कुराको ख्याल थिएन ?
  • घरका मुख्य मान्छे, ठूलाले नै टीका नलगाई हामीले कसरी टीका लगाउन सक्छौं भन्ने प्रश्नको जवाफ सजिलै मिल्छ?

अन्तमा, यो उनीहरुको निर्णय हो अनुसन्धान होइन त्यसैले दशैँको बारेमा बिना आधार र अनुसन्धान निर्णयको तोक लगाउनेहरु पूर्ण रुपमा असफल भए। भ्रम गर्नेहरु केहि समय टिक्छन तर लामो समय होइन।