https://www.youtube.com/embed/49hXgNMLRiQ

पदमा लिंखा मगरको आफ्नै गीत राष्ट्रव्यापी खुल्ला प्रतियोगितामा उत्कृष्ट

Hollywood Khabar September 15,2018 Comments

रेडियो नेपालको ६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा पदमा लिंखा मगरको आफ्नै गीत उत्कृष्ट छनोट भएको छ।

रेडियो नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा गीतकार र उत्कृष्ट गायकको पुरस्कार प्राप्त गर्न सफल पदमा लिंखा मगरको नजर-३ एल्बमको “आफ्नै गीत” रेकर्ड भएर म्यूजिक भिडियोसहित बजारमा आएको छ।

जसरी शब्द र स्वरले हजुरहरूले माया पाएको थियो, त्यसैगरी रेकर्ड भएको गीत र म्यूजिक भिडियोलाई पनि माया गरिदिनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँहरू सामु राखेकी छु। मगरले उनले आफ्नो स्टाटसमा लेखेको कुरा हलिउड खबरसंग पनि भनेकी छिन् l

विजय अधिकारीको सुमधुर स्वर रहेको "आफ्नै गीत" मा अहिलेकी चर्चित नायिका प्रियङ्का कार्की र आकाश श्रेष्ठको अभिनय रहेको छ। गीतलाति राजकुमार बगरको संगीत र कमल सौरागको एरेन्ज गरेका छन्। म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् l