रीता संजेल
शिक्षाको महत्त्व मलाई के थाहा
अब त पढ्नु नपरे हुन्थ्यो झैं लाग्छ
सधैं सबैको करकर जबर्जस्ति छ
जो पनि भन्छ हेर पढ पढ्नुपर्छ।
अरे अब मलाई पढ्नु छैन थाहा छ
पढेर आजभोलि मलाईभन्दा ज्यादा
मेरा गुरु अभिभावकलाई खुशी मिल्छ
जबर्जस्ति पढिरहेछु पास जो भैदिनुछ।
थाहा छ कसरी नम्बर धेर आउछ
रातभरि घोकेर र बोकेर पाना भर्नुछ
त्यही नम्बरमा मेरो व्यबहार जोखिन्छ
म त शुन्य छु सबै भन्छन् वा! क्या छ।
मलाई भित्रभित्रै बेचैनी हुन्छ
बरु फेल भैदिएको भए त कतै
मेरो पढाइमा कुनै मोड आउथ्यो कि
यहाँ त हेर देखावटी धेरै नम्बर पो छ।
सरकार पढाइलाई सजिलो बनाउछ
यता मलाई झनै गाह्रो बढी रहेछ
सायद अब रहरले पढ्ने जमाना
नभएर हो कि जबर्जस्ति पढ्नुपर्छ।
मैले बुझिन कि बुझ्न भ्याइन पढाई
पढेर मात्र हुँदैन दिनकै त लेख्नुपर्छ
लेखेर पनि पुग्दैन भनेर सुनाउनुपर्छ
जबसम्म जान्दिन तनाव मात्र हुन्छ।
अरे आजभोलि किन पढाईभन्दा
खेल्न नाच्न गाउन नेट टि.भि.मा
कार्यक्रम हेर्न धेरै रमाइलो हुन्छ
तर सबै पढ पढ्नुपर्छ भन्नुहुन्छ।
मै पनि के कम बहाना धेरै आउछ
खै कसरी पो हो सिकाएका कामभन्दा
छलकपट जालिझेली उपद्रो धेर आउछ
मन लागेको काम त लुकिलुकी गर्नुपर्छ।
अनि यो पढाइ निद्रा भोक रहर
सबै त्यागेर जबर्जस्ति पढ्नुपर्छ
कहिलेकाही त लाग्छ सायद अब
मैले यहि पढाइले नै पछुताउनुपर्छ।
आमा भन्नुहुन्छ नपढे दु:ख पाइन्छ
म त सधैं पढ्नमै दु:ख पाइरहेछु
खै कसले यहाँ पढेर सुख पाइछ
सबै त सुनाउछन् जे मा इच्छा छ
त्यही गरे आनंद सजिलै मिल्नेछ।
फेरि पनि भन्छन् सबै हेर पढ्नुपर्छ
पढाइ के कुनै मन्त्र हो र सजिलै हुन्छ
पुरै जिन्दगी पढाइ भन्दै सकिन्छ
अनि जिन्दगी खोज्दै भौतारिदैमा
जिउनै नपाइ फुत्तै जिन्दगी सकिन्छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!