वाणिभास्कर व्यासाचार्य भुवन गुरु/९/८/१९
ॐ धर्म होइन आध्यात्मिक बिज्ञान हो। सृष्टि पदार्थ र भोगको आदि मध्य र अन्त्य हुन्छ तर ॐ को अन्त्य कहिल्यै हुँदैन। जस्तैः दहि मन्थन गर्दा नौनी निकालिन्छ तर त्यसको चिल्लो पदार्थ नौनित्व मदानिबाट कहिल्यै हटदैन।
त्यस्तै ॐ कार स्वरुप पनि नित्य छ (ब्रम्ह सत्यम जगत मिथ्या) भनेझैं ॐ बाट बनेको सृष्टि छाया नस्ट हुन्छ। किनकि यो जगत माया हो जसलाई अनित्य भनिन्छ। फेरि यहाँ प्रश्न जाग्न सक्छ ॐ बाट उत्पत्ती भएको सृष्टि अनित्य तर ॐ नित्य किन ?
जस्तै-सुर्यले जगत प्रकाशीत गर्दछन जसबाट ताप प्रकाशित भै जगत दग्द हुन्छ तर त्यहीबाट स्वयंलाई कुनै प्रकारको लेप हुँदैन त्यस्तै तत्व हो ॐ कार पनि। अ उ म ना बिन्दु यी पन्चकारबाट ॐ कारको प्राकटय भएको हो। यहि पन्चकारबाट पन्च महाभुत जल तेज पृथ्वी आकाश र वायु उत्पन्न भएको छ।
अ उ म ~ • साक्षात शिव गौरी स्वरुप भनेर शिव पुराण ग्रन्थमा बताइएको छ। अर्धओममा रहेको नादकार स्वयं शिव स्वरुप हो भने • गौरी स्वरुप मानिएको छ। जसलाई प्रकृति र पुरुष भनिन्छ। शिव बिज्ञान स्वरुप हो भने गौरी बिज्ञान भित्रको रसायन।
रसायन भनेको तत्व हो। जस्तै आभुशणको तत्व रसायन, जलको तत्व तृष्णा नाश, बृक्षको तत्व फल, सुर्यको तत्व तेज, चन्द्रमाको तत्व शितलता भए जस्तै अ उ म नाद र बिन्दुको माध्यमबाट जगतको भौतिक तत्वको निर्माण भएको हो। त्यसकारण ॐ पुर्ण बिज्ञान हो। जसले शरिरमा पुर्ण रसायनको काम गरिरहेको हुन्छ। यसबाट पनि प्रमाणित हुन्छ शिव गौरीको ध्यान आराधना र साधना केबल एक सम्प्रदाय धर्म बर्ण जात र विशेषले मात्रै होइन जगतका हरेक प्राणीहरुले गर्न आवश्यक छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!