ओकलेर आगो कविता संग्रह

ओकलेर आगो कविता संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न

Hollywood Khabar October 05,2018 Comments

सर्वज्ञ वाग्ले/क्यालिफोर्निय/अमेरिका
राजधानिको चर्चित नाट्य घर सर्बनाम थिएटर कालिकास्थानमा एक भव्य कार्यक्रम बिच "ओकलेर आगो" कविता संग्रहको लोकार्पण तथा नेपाली कविता बिधाको पहिलो चलदृष्य "बुझ्नै सकिनँ आज तिमिलाई " को प्रदर्शनि असोज २० गते गरियो ।

कविता ,समिक्षा र आख्यानको क्षेत्रमा आफ्नो छुट्टै पहिचान ,परिचय र उचाइ बनाई सक्नु भएका कवि हुन् बिकास थापा। उहाँको यो चौथो कविता कृति हो "ओकलेर आगो"। उहाँका यस अघि "फूलमाथिको जून", "मौनताका सुस्केराहरू " र " दशगजा वरिपरि" गरि तीन कविता कृतिहरू प्रकासनमा आईसकेका छन् ।

मानव जीवनका बिविध पक्ष माथि कलात्मक ढंड्गले कलम चलाउने कविका कविता भित्र दर्शन , दु:ख ,प्रेम र सिमान्तकृत आवजलाई एक उच्च लयमा कवितामा उतारिएको छ । यस संग्रह भित्र ५९ वटा कविताहरू समावेश छन् ।

बुक सेलरले प्रकाशनमा ल्याएको संग्रह भित्र रहेको एक चर्चित कविता हो “ बुझ्नै सकिनँ आज तिमिलाई” । उक्त कविता माथि बनेको पहिलो नेपालि कविताको चलदृष्य कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना र निर्देशनमा उक्त उत्कृष्ट चलदृष्य छायाँकन केही हप्ता अगाडी चोभारमा गरिएको थियो।

बर्तमानमा पल्टिएका स्मृतिका पानाहरूलाई भावनात्मक प्रेम ,बियोगकान्त भाव, ह्रदयस्पर्शि, मौलिक बिम्वहरूको उत्कृष्ट संयोजन रहेकोले नै नेपालि कविता बिधालाई थप उचाईमा पुर्याउनको लागी नै यो चलदृष्यको निर्माण गरिएको भन्नु हुन्छ निर्देशक हेमप्रभास। उक्त चलदृष्य केही दिन भित्रमा नै यूट्यूब मार्फत सबैले हेर्न सक्ने गरि बाहिर आउने छ।

संगीतकार सुदीप सागरको सुमधुर संगित रहेको यस कविताको चलदृष्यको सिनेम्याटोग्रामफर बिरेन्द्र भाट "बिपिन" हुनुहुन्छ भने नायक पुष्पल खडका र बर्षा शिवाकोटिको उत्कृष्ट अभिनय रहेको छ। देशका ख्यतिप्राप्त कलकारहरूको साथ र अभिनय रहेको उक्त चलदृष्य युवा कवि, उपन्यासकार, समिक्षक, लेखक, समालोचक तथा निर्देशक हेमप्रभासले सिनेम्याटिक तरिका अनुसार यसको स्क्रिप्ट तयार पार्नु भएको थियो ।

कविताको पहिलो सिनेम्याटिक चलदृष्य हेर्न सर्वनाम थिएटरको हल कार्यक्रम सुरुहुनु अगावै साहित्य प्रेमिहरूको बाक्लो उपस्थितिले खचाखच भरिएको थियो । कवि बिकास थापाको ममतामयि आमा तथा समाज सेवी धनकुमारी थापाको सभाअध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा कवि प्रोलास सिन्धुलिय ,प्रभाति किरण ,दयाराम दाहल तथा हेमप्रभासले कविताकृति तथा चलदृष्य माथि आ-आफ्ना बिचार राख्नु भएको थियो। उक्त कार्यक्रममा आयोजक बुकसेलरले नेपालि कविता बिधाको पहिलो चलदृष्य निर्माण गरि नेपालि कविता बिधालाई नयाँ आयम, नयाँ उचाईमा र एक फरक बाटो प्रदान गरेकोहुनाले चलदृष्यमा अभिनय गर्ने कलाकार नायक पुष्पल खड्का , नायिका बर्षा शिबाकोटि, सिनेम्याटोग्राफर बिपिन भाट,संगितकार असिम सागर,गीतकार तथा सन्चारकर्मि शान्ति प्रिय,निर्देंशक हेमप्रभास लाई ताम्रापत्रले सम्मान गरिएको थियो ।

यो नेपाली कविताको क्षेत्रमा पहिलो तथा महत्वपूर्ण प्रयास भएकोले यसले भविष्यमा नेपाली कवितालाई नयाँ सोच ,नयाँ परिकल्पना , नयाँ बाटोमा हिंडाई बिश्व बजारमा सम्म लैजाने बाटो खुलाएको छ । तसर्थ प्रकाशक बुकसेलरले उहाँहरू सबैलाई सम्मान गरेको बताउनु हुन्छ कवि प्रोलास सिन्धुलिय ।

हाम्रो साहित्यको क्षेत्र परम्परागत सोच भित्रै मात्र अल्झिरहेको अबस्थामा यस्ता प्रबिधि युक्त प्रयास र प्रयोग गर्नाले नेपाली कविता बिधामा भोलिका दिनमा हुने बहसले एक नयाँ धार ,उचाई,भिन्न बाटो र भिन्न दृष्टिकोण स्थापित गर्नेछ भन्नु कवि बिकास थापा । तसर्थ यो प्रबिधिको युगमा एक नविन प्रयोग कविता माथि भएको छ । यसले गर्दा नेपालि कविता बिधामा एक नयाँ धार बिकसित हुनपुगेको छ । त्यो हो सिनेम्याटिक कविता । अव आगामी दिनहरूमा कवितालाई पनि आधुनिक तरिकाका गीत जस्तै चलदृष्यमा हेर्न ,बुझ्न र अनुभूति पनि गर्न सकिने छ । यो नेपाली कविता बिधाको लागी नै नयाँ उपलब्धि र थप उर्जा बन्न पुगेको छ ।