NWGN LOGO

NWGN क्यालिफोर्निया च्याप्टरको नारी दिवस कार्यक्रम २०१९

Hollywood Khabar February 05,2019 Comments

कृष्ण के सी/अमेरिका

नेपाली महिला विश्व संजाल (Nepali Women’s Global Network-NWGN) क्यालिफोर्निया च्याप्टरले मार्च ९, २०१९ शनिबारका दिन नारी दिवस कार्यक्रमको आयोजना गरेको छ।

NWGN क्यालिफोर्निया राज्य च्याप्टरले लगभग गत एकदशक देखि नारी दिवसलाइ आफ्नो नियमित कार्यक्रमको रुपमा मनाउँदै आएको छ। यस बर्ष पनि च्याप्टरले नारी दिवस भब्य रुपमा मनाउनको लागि तयारी गरेको छ। कार्यक्रमबारे च्याप्टर अध्यक्ष गीता डंगोलले हलिउडखबरलाइ बताएकी हुन्।

च्याप्टरले सो दिन यस क्षेत्रका अरु संघ संस्था र इभेन्ट अर्गनाइजरहरुले कार्यक्रम नराखिकन सहयोग गरिदिन अनुरोध गरेको छ। यसका साथै आयोजकहरुले कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।

च्याप्टरको गत हप्ताको बैठकले कार्यक्रमलाइ भब्य र सभ्य बनाउनको लागि च्याप्टर सचिव तारा पौडेल चालिसेलाइ कार्यक्रम संयोजक बनाएको छ। महिला दिवस २०१९ कार्यक्रम संयोजक तथा च्याप्टर सचिव चालिसेका अनुसार यस बर्ष मनोरन्जनात्मक गतिबिधिका साथमा सम्मान, प्रोत्साहन र प्रसंसाका कार्यहरु पनि हुनेछन।

च्याप्टरले २०१८ र २०१९ मा अमेरिकाबाट ब्याचलर या सो भन्दा माथिको शैक्षिक स्तरमा उत्कृष्ट श्रेणीमा उत्तीर्ण गरेका महिलाहरुलाई प्रसंसा र प्रोत्साहन समेत गर्नेछ।

डा शोभा हमाल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रम बर्क्ली सिनियर सेन्टर, 1701 San Pablo Ave., Berkely, CA 94702 मा सांझ ५ बजे देखि राति १० बजे सम्म हुनेछ।

स्मरणीय कुरा NWGN आफैमा महिलाहरुको मात्र संस्था जस्तो लागेता पनि यो पटक देखि महिला र पुरुष दुवैलाई साधारण सदस्यता वितरण गरेको छ।