NWGN California, picture by Krishna KC

NWGN क्यालिफ़ोर्निया च्याप्टरको ह्याण्डओभर टेकओभर कार्यक्रम सम्पन्न-फोटो सहित

Hollywood Khabar December 09,2018 Comments

कृष्ण के सी/अमेरिका

नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफ़ोर्निया च्याप्टरको बार्षिक साधारण सभापछि आयोजित ह्याण्डओभर टेकओभर कार्यक्रम सम्पन्न भएको छ।

संस्थाकी केन्द्रिय अध्यक्ष अभिमा उप्रेती प्रमुख आतिथि र निवर्तमान अध्यक्ष रुक्मिणी कार्कीको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा NWGN संस्थालाई सहयोग पुर्याउने व्यक्ति, संस्था, पत्रकार र सो संस्थाका अभियन्ताहरुलाई समेत सम्मान गरिएको थियो।

प्रत्येक दुई बर्षमा नयाँ कार्य समितिको चयन गर्ने परम्परालाई निरन्तता दिदै नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफ़ोर्निया च्याप्टरले नयाँ नेतृत्वको घोषणा र पदभर हस्तान्तरण कार्यक्रम गरेको हो। निवर्तमान अध्यक्ष सुस्मिता सिजापतिले राखेको भनाइले सबैको मन चसक्कै छोयो।

कार्यक्रममा युवा कलाकार उमंङ रानाभाटद्धारा प्रस्तुत नेपाली समाजमा हुने महिला त्यसमा पनि बिधवा महिलाको अवस्थाको नृत्यले सबैको आँखा रसाए। नृत्यमा उनले छुरा फोरिन, पढ्ने र लेख्ने अनि अन्य अवस्थाबाट पिडित अवस्थाको प्रस्तुति जिवन्त रुपमा गरिन। (उमङलाइ कार्यक्रम पछि यो रिपोर्टरले घर छोड्ने क्रममा सोध्दा उनले भनिन-चुरा फोर्ने सिङ गर्दा नाडीमा घाउ भयो।)

संस्थाले आफ्नो हिसाब किरात समेत कुन कुन काममा कति खर्च भयो र के कसो रुपमा आन्दानी भयो भनेर रिपोर्ट प्रस्तुत गर्यो। अनि यस क्षेत्रमा दर्जनौको संख्यामा रहेका संघ-संस्थाहरुलाई चुनौती दिंदै आफूहरुले दुइ वर्षमा गरेका थुप्रै राम्रा कामहरु प्रस्तुत गरे। प्रस्तुतिमा न राजनीति थियो न तुस नै। केवल राम्रा कामहरु जो सके, भए र गरेका थिए तिनैलाइ प्रस्तुति गरे।

सान फ्रान्सिस्को बे एरियामा आयोजित सो कार्यक्रममा च्याप्टरको वर्तमान नेतृत्वले गीता डंगोलको अध्यक्षतामा निर्वाचित नेतृत्वललाई आफ्नो जिम्मेवारीको ह्याण्डओभर गरेको छ। पदिय जिम्मेवारी पछि अध्यक्ष गीत डंगोले सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग र साथको लागि अनुरोध गरिन।

कार्यक्रममा स्थानिय संघ-संस्था, पत्रकार र नेपालीहरुको उपस्तितिमा सो औपचारिक कार्य सम्पन्न भएको हो। साथै कार्यक्रममा, सयाद पहिलो पटक होला यस क्षेत्रमा पत्रकारहरुलाई सम्मानजनक रुपमा संबोधन र सम्मान गरियो। कार्यक्रममा प्रमुख अतिथि अबिमा उप्रेतीले परिवार र आफू नै परिवर्तन र समाजको बिकासको उपज भएको कारण सहित कुराहरु सहित आफ्नो सरगर्भित भनाइहरु राखिन।

गीत डंगोलको अध्यक्षतामा गठित नयाँ कार्यसमिति:

अध्यक्ष- गीता डंगोल

प्रथम उपाध्यक्ष-बिष्णु सुवेदी

दितिय उपाध्यक्ष- अनिता सिग्देल

महासचिव-लक्ष्मी खरेल थापा

सचिव-तारा चालिसे

कोषाध्यक्ष- प्रिस्कीला दाहाल

बोर्ड सदस्यहरुमा

बिन्दु सापकोटा

शीला थापा तिमल्सिना

सुनिता सापकोटा

सहाना श्रेष्ठ

संगीता पोख्रेल

सबिता भट्टराई

मीना खड्का कार्की

प्रमिला थापा

गुजेश्वरी के सी

राम देवी पलिखे

त्यसैगरी सल्लाहकारहरुमा:

कमला प्याकुरेल

रिता देवी प्रधान

लक्ष्मी चौधरी

हेमा पनेरु

 

कार्यक्रमका फोटोहरु हेर्न तलाको लिंक क्लिक गर्नुहोस

https://www.facebook.com/media/set/?set=oa.2011949715561782&type=3