-NRNA NCC USA:अध्यक्षका लागि त्रिपक्ष भिडन्त साह, लम्साल र थापा

NRNA NCC USA:अध्यक्षका लागि त्रिपक्ष भिडन्त साह, लम्साल र थापा

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अध्यक्षका लागि सुनिल साह, सुर्य लम्साल र संजय थापाको त्रिपक्ष भिडन्त हुने भएको छ।

सुनिल साह र सुर्य लम्सालले अप्रिल १८, २०१९ मा आ-आफ्नो नोमिनेशन दर्ता गराई सकेका छन् भने संजय थापाले अप्रिल १९ को १०/११ बजे पूर्वीय समयमा नोमिनेशन दर्ता गर्ने भएका छन्।

हामीले अन्तिम समयमा पनि आज सुर्य लम्साल टिममा जाने प्रयास गरेको हो। त्यसैले म आफूले उम्मेद्धारी नगरी बाहिर बसेर नारायण कंडेललाइ बरिष्ठ लिएर जान प्रस्ताव गरिएको हो। त्यसका लागि लम्साल टिमले नारायाण कंडेललाइ बरिष्ठ लिएर जान मानेन। अन्तत हामीले आफ्नै टिम लिएर चुनाबमा जाने निर्णय गरेका छौं, म अब नोमिनेशन गर्दै छु, थापाले हलिउडखबरसँग भने।

सुनिल साहको लागि बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे छन्, सुर्य लम्सालको बरिष्ठ अमृत सापकोटा हुने पक्का जस्तै भएको छ संजय थापाको टिममा नारायण कंडेलले अप्रिल १८ मा नै उम्मेद्धारी दर्ता गरिसकेका छन्।