-एनआरएनए अमेरिका:शान्ति वाग्ले पौडेल बोर्ड सदस्य पदकी उम्मेदवार

एनआरएनए अमेरिका:शान्ति वाग्ले पौडेल बोर्ड सदस्य पदकी उम्मेदवार

Hollywood Khabar March 30,2021 Comments

हलिउडखबर, मार्च ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा शान्ति वाग्ले पौडेल बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

नेपालको तनहुँ जिल्लामा जन्मेकी शान्ति वाग्ले पौडेलले पोखराको पृथ्वी नारायाण क्याम्पसबाट आइएससी र म्याथ र साइन्समा बिएड गर्नु भएको हो। १९९४ मा अमेरिकाको, क्यालिफोर्निया आउनु भएकी पौडेल हाल नर्दन क्यालिफोर्नियाको सेक्रमेण्टोमा बस्दै आउनु भएको छ।

आफूले स्थानिय नेपलिज फ्रेन्ड्स एण्ड कल्चरल एशोसियशन (नाफ्का), सेक्रमेण्टो नेपलिज लायन्स क्लब, सेक्रमेण्टोमा सामुदायिक केन्द्र बनाउन सुरु गरिएको अभियानको बोर्ड सदस्य लगायतका संघ-संस्थामा पनि काम गरेको कुरा हलिउडखबरलाइ बताउनु भयो।

पौडेलले एनआरएनए एनसीसी अमेरिकाको सदस्यता चाहिँ २०१४ मा लिनुभएको हो। हाल उहाँ आजीवन सदस्य हुनुहुन्छ। पौडेल २०१९-२०२१ को लागि एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको बोर्ड सदस्य हुनुहुन्छ। त्यसबाहेक एनआरएनए एनसीसी अमेरिकाको महिला फोरमको सदस्य पनि हुनुहुन्छ।

यो सबै कुराको अनुभवका आधारमा अब आफूले एनआरएनए एनसीसी अमेरिकाको केन्द्रमा बसेर काम गर्ने सोचले बोर्ड सदस्यमा उम्मेदवार भएको कुरा पौडेलले बताउनु भयो। सन्तान हुर्किसके, काम र समय पनि छ अनि संघमा महिला नेतृत्व र सहभागिता कम भएको देखियो। त्यसैले पनि आफूले त्यो खाली ठाउँ पुरा गर्न र आफ्नो क्षमता र सकेको योगदान दिनको लागि चुनावमा बोर्ड सदस्यको उम्मेदवार भएको बताउनु भयो।