-एनआरएनए अमेरिका:नवराज सुवेदी महासचिव पदका उम्मेदवार

एनआरएनए अमेरिका:नवराज सुवेदी महासचिव पदका उम्मेदवार

Hollywood Khabar March 30,2021 Comments

हलिउडखबर, मार्च ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ का लागि हुने निर्वाचनमा नवराज सुवेदी महासचिव पदका लागि उम्मेदवार हुनुहुन्छ।

नवराज सुवेदी दोलखा जिल्लामा जन्मिनु भएको हो। सुवेदीले त्रिभुवन बिश्व बिधालयबाट एमबिएस गरेपछि नेपालमा केहि कलेजहरुमा पढाउने काम गर्नुहुन्थ्यो। उसो त नेपालमा रहंदा स्टक मार्केट र केहि ब्यबसाय पनि गरेको कुरा सुवेदीले हलिउडखबरलाइ बताउनु भयो।

यस्तैमा उहाँ २०१८ मा अमेरिका आउनु भयो। हाल नर्थ क्यारोलिनामा बस्दै आउनु भएका सुवेदीले यहि २०२० मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्यता लिनु भएको हो। यो पटक आफ्नो क्षमता, योग्यता र सदिक्षा अनुरुप महासचिवमा उम्मेदवार भएको कुरा गर्नुहुन्छ सुवेदी।

एनआरएनए एनसीसी अमेरिकामा धेरै राजनीति र कम मात्र काम भएको देखियो। एउटा सामाजिक संस्थामा यसरी विभाजन होइन मिलाएर र मिलेर जानुपर्छ। ४-५ लाख नेपालीहरु भएको देशमा २०/२१ हजार सदस्य भनेको त १०% पनि भएन। यसलाई ९०% पुर्याउनु पर्छ। आर्थिक स्वावलम्वन, सदस्यता लगायत यस्ता धेरै बिषयमा काम भएको छैन। त्यसैले यो पटक आफू तिनै कुराहरुलाई लिएर काम गर्न एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा उम्मेदवार भएको जिकिर सुवेदीको रहेको छ।