NRNA NCC USA Official Seal

NRNA:एनसीसी अमेरिका अदालको ट्रायलमा, अपिल डिनाइ, फ्रोजन हुने संभव

Hollywood Khabar January 11,2019 Comments

कृष्ण के सी/अमेरिका

एकातिर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८० देशका आफ्ना राष्ट्रिय समन्वय परिषदका लागि एउटै विन्डो प्रयोग गरेर बन्ने सदस्यहरु आफ्नो स्वामित्वमा लिने सिष्टम प्रयोगमा ल्याउँदै छ। अर्कातिर केहि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) का आफ्नै खाले लिंडेढिपि कायम छन। यसै प्रसङ्गमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका भने सबै भन्दा धेरै विवादित र अदालती रुपमा बार-बार फसेको एनसीसी मध्येमा पर्दछ। कसैलाई मन परे या नपरेपनि ध्रुव सत्य कुरा यहि नै हो।

गत २०१५ मा भएको एनसीसी अमेरिकाको निर्वाचन पछि तत्कालिन अध्यक्षका निर्वाचित व्यक्ति बिरुद्ध मुद्धा परेको थियो। लगभग ६०० भन्दा धेरै सदस्यहरु नक्कली भएका भन्दै निर्वाचनका उपविजेताहरु मध्ये ९ जनाको समूह टेनेसी अदालत पुगे।

फेरि २०१७ मा भएको एनसीसी अमेरिकाको निर्वाचनमा त्यो नक्कली सदस्यको संख्या अनुमानित २२०० भन्दा धेरै हुन पुग्यो। सोही हाराहारीको पंजीकृत सदस्य त्यो बेला आइसीसीको सिष्टममा डाटा माइग्रेट फेल भएको थियो। आइसीसीले त्यसका लागि बारंबार एनसीसी अमेरिकालाइ ताकेता गर्यो। तर एनसीसी अमेरिकाले अटेर ग-यो। अन्तत एनसीसी अमेरिकाले २००० जति सदस्य लुकाएर १४ हजारको हाराहारी सदस्यलाइ १२ हजार मात्र पेश गर्यो।

त्यसो गर्दा थुप्रै वास्तविक र आजीवन सदस्यहरु गायब भए। यहाँ सम्मकी तत्कालिन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक तथा अमेरिकाका आजीवन सदस्य अनि क्यालिफोर्निया राज्य च्याप्टरका अध्यक्षका उपविजेता लगायत थुप्रैको पंजीकृत सदस्यता नै गायब भयो। तब मात्र त्यो आधिकारिक रहश्य खुल्यो। अनि बिजयी टोलीको नेतृत्व सोहि २०१५ कै मुद्धाका आरोपी व्यक्तिबाट भएको हो।

यतिले पुगेन, निर्वाचनका बेला आफ्नै प्रतिष्पर्धी बनेका वर्तमान अध्यक्ष र वर्तमान अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक बीच पनि अदालती दोहोरी चलेको हो। आफ्नो प्रतिष्पर्धी हुँदा अध्यक्षका लागि बैधानिक रुपमा अयोग्य मानेका तिनै व्यक्ति आफूलाई सघाएपछि भने काठमाण्डौ पुग्दा आधिकारिक बनाएर पत्र थमाउने पनि वर्तमान अध्यक्ष नै हुन्।

फेरि पनि २०१७ का अध्यक्षका प्रतिस्पर्धी मध्ये एकजनाले टेनेसी अदालतमा एनसीसी अमेरिकाको तत्कालिन निर्वाचन आयोगका चारैजना सदस्य, वर्तमान अध्यक्ष, एनसीसी अमेरिका र अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक समेतका बिरुद्ध मुद्धा दर्ता गरेको छ।

एनसीसी अमेरिकाले त्यो मुद्धालाइ डिसमिस गरि निर्णय पाउनका लागि अक्टुवर २६, २०१८ मा मोशन अपिल गर्यो। तर हाल आएर अदालतले त्यो अपिल डिनाइ गरेर उल्टै मार्चको पहिलो हप्तामा ट्रायलमा जान आदेश दिएको छ।

अब मुद्धा अदालतको ट्रायलमा गएको छ। सबैलाई थाहा भएकै कुरा हो कि मुद्धा भनेको एउटाले जित्छ र अर्कोले हार्छ। अथवा दुबैको विन-विन अवस्थामा सेट्टलमेन्ट पनि हुन्छ। ट्रायलमा फाइनल भएन भने एनसीसी अमेरिका फ्रोजन हुन सक्छ, मुद्धाका सरोकार मध्येका नारायाण थापाको भनाइ छ।

अब जे सुकै भएता पनि गैरआवासीय नेपाली संघले सम्पूर्ण सदस्यता केन्द्रीय एमआइएस प्रणालीमा लगेपछि एउटा फेक मेम्बरको पाटो भने लगभग बन्द नै हुनेछ। त्यस बिषयमा संघका अन्तराष्ट्रिय महासचिव डा बद्रि के सी र संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले समेत केन्द्रीय एमआइएस प्रणालीका लागि कटिबद्धता जाहेर गरेका छन्।