NRNA कतारले संघसंस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो

Hollywood Khabar March 30,2018 Comments

कतार, ३१ मार्च २०१८
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा क्रियाशील ६४ वटा नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २३ मार्च २०१८ का दिन कतारको हमाद मेडिकल कर्पोरेसन, रक्त संकलन केन्द्रको परिसरमा आयोजित कार्यक्रममा रक्तदान गरेका थिए। आयोजक संस्था गैरआवासीय नेपाली संघ कतारले आयोजक संस्थाहरुको तर्फबाट सम्पूर्ण रक्तदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका विज्ञप्तिमा उल्लेख छ।