-NRNA NCC USA:बरिष्ठ उपाध्यक्षका उम्मेदवार अमृत सापकोटा

NRNA NCC USA:बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमा अमृत सापकोटा बलिया

Hollywood Khabar March 12,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बरिष्ठ उपाध्यक्षका लागि अमृत सापकोटाले आफू उम्मेदवार भएको किटान गरेका छन्।

टेक्सस निवासी अमृत सापकोटाको पृष्ठभूमी नेपाली कांगेससँग जोडिएको छ। नेपाल बिधार्थी संघको नुवाकोट जिल्ला अध्यक्ष देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य हुँदै हाल सल्लाहकार रहेका छन्।

२००१ देखि अमेरिका बस्दै आएका सापकोटा एनआरएनए एनसीसी अमेरिकाको अभियानमा भने २०१५ देखि आएका हुन्। उसो त उनि एक सफल इन्टरप्रेनर पनि हुन्। आफ्नो योग्यता र क्षमताले अध्यक्षकै उम्मेदवार हुने व्यक्ति बिधानले एक कार्यकालको प्रावधान राखेकाले गर्दा बरिष्ठ उपाध्यक्षको उम्मेदवार भएको बताउँछन्।

पछिल्ला बर्षहरुमा एनआरएनए एनसीसी अमेरिकाको नेतृत्वले यसलाई सहि बाटोतिर लान सकेन। मान्छेहरुमा संस्थाप्रति बितृष्णा बढेर गएको छ, मुद्धा-मामिला बढेर गएको छ, सदस्य बन्न र बनाउने नाउँमा नेपालको बसपार्कमा यात्रीहरु तानेर खाँदे जस्तो भएको छ।

मान्छेहरुलाई एनआरएनए भन्ने संस्थाप्रति स्वामित्व लिने मौका दिने काम भएको छैन। यसका सदस्यहरु र अमेरिकामा बस्ने आम नेपालीहरुको काम गर्नु भन्दा चुनाव लड्नका लागि सदस्य बनाउँदै देउसी खेले जस्स्तो सदस्य बन्देउ भन्दै हिड्नु संस्थाको विकास हैन।

यस्ता थुप्रै कुराहरु छन्, तिनीहरुलाइ संहाल्दै र संस्थालाई सम्मानित बनाउँदै लैजानको लागि आफू बैधानिक रुपमा अध्यक्षको लागि उम्मेदवार हुन नपाउँदा बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवार भएको कुरा सापकोटाले बताए।

यसका साथै आफू प्यानलमा नै भएको समेत सापकोटाले दावी गरे। प्रचारबाजी बढेको छ, बजार भरि फ्लायर छन् आफू भने किन शान्त बसेको भन्ने प्रश्नमा सापकोटाले भने, फेसबुकमा फ्लायर फालेर, हकर हुँदैमा चुनाव जित्ने होइन। म ऐले पनि न्यूयोर्क र इष्टकोष्टतर्फ जाँदै बाटोमाछु। संस्थाको कुरा भएकोले सबैसँग सल्लाह गरेर, योजना गर्दै विस्तारै गएको हो, फेरि यो टिमको कुरा भएकोले पनि सबैसंग हिंड्नुपर्छ, एक्लै होइन सापकोटाले भने।