-एनआरएनए एनसिसि अमेरिकाको अप्रुभ नभएका आवेदन सच्याउने गर्ने अन्तिम सूचना

एनआरएनए एनसिसि अमेरिकाको अप्रुभ नभएका आवेदन सच्याउने अन्तिम सूचना

Hollywood Khabar February 25,2021 Comments

एनआरएनए एनसिसि अमेरिकाका आवेदक ज्यु,

NRNA USA को सदस्यताको लागि आवेदन दर्ता गर्नुभएकोमा धन्यवाद। Membership Verification Team ले तपाइको आवेदन मुल्यांकन गरिसकेको र आवेदनमा अपुग वा त्रुटी भएका कुराहरु सच्याउन वा उपलब्ध गराउन यस अघि नै इमेल मार्फत सूचना गरि सकिएको छ। तर उक्त सुचनामा अनुरोध गरीए अनुसार तपाइले आफ्नो आवेदन हालसम्म पनि सच्याउने वा अध्यावधिक गर्ने कार्य नगर्नु भएको हुँदा यो अन्तिम सूचना प्रेसित गरिदैछ। तपाइले आफ्नो आवेदन मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ अन्यथा तपाइको आवेदन स्वत: रद्ध हुनेछ।

आवेदनमा अपुग वा गल्ति भएका कुराहरुलाई कसरी पूरा गर्ने ?

१) Invalid Photo (मान्य नहुने फोटो)

  • पासपोर्ट साइजको अनुहार प्रष्ट हुने, आइडिबाट crop नगरेको, सामुहिक नभएर आफू मात्र भएको फोटो, आफ्नो प्रोफाइलमा लग इन गरेर अपलोड गर्नुहोला । Invalid Photo. Plz update : https://nrnusa.org/membership/login/

२) Expired ID (म्याद सकिएको परिचय पत्र)

  • यदि तपाइले अपलोड गर्नुभएको आइडी आवेदन सुरु गरेको दिन एक्स्पाएर भइसकेको छ भने तपाईंले एक्स्पाएर नभएको आइडी अपलोड गर्नुपर्छ । तल दिईएका कुनै पनि आइडी जो एक्स्पाएर भएका छैनन् ती मान्य हुने छन् । आफ्नो प्रोफाइलमा लग इन गरेर एक्स्पाएर नभएको आइडी अपलोड गर्नुहोला । Passport issued by the Government of Nepal. (In combination with a letter/statement/utility bill that verifies US address of applicant) नेपाली पासपोर्ट आइडी प्रयोग गर्नुभएको छ भने तपाइले पास्पोर्टसङ्गै अमेरिकाको ठेगाना खुलेको कागज पनि अपलोड गर्नुपर्छ । बिस्तारमा बुझ्न कृपया तल नम्बर ६ हेर्नुहोला ।Passport issued by the Government of the USA.
  • Permanent Resident Card (green card) issued by the Government of USA.
  • Identification card issued by the US State Government.
  • Birth certificate issued by the US Government.
  • Expired ID. Plz update https://nrnusa.org/membership/login/

३) Invalid ID (मान्य नहुने परिचय पत्र)

  • तपाइको आवेदनमा माथी उल्लेख गरिएको बाहेकको अन्य कुनै आइडी अपलोड भएको पाइएमा त्यो मान्य हुने छैन । आफ्नो प्रोफाइलमा लग इन गरेर माथी उल्लेखितमध्य कुनै एक्स्पाएर नभएको आइडी अपलोड गर्नुहोला ।
  • Invalid ID. Plz update https://nrnusa.org/membership/login/

४) Name does not match ID (परिचय पत्रमा भएको नाम र आवेदनमा भएको नाम फरक भएमा)

  • तपाइले आवेदनमा राख्नुभएको आइडीमा भएको तपाइको नाम र थर ठ्याक्कै नमिले तपाइको आवेदन अस्वीकार्य हुन्छ । नाम वा थरमा गल्ती भए IT@nrnusa.org मा इमेल गरेर नाम सच्याउन अनुरोध गर्नुहोला ।

५) Blur ID (धमिलो वा पढ्न नसकिने परिचय पत्र)

  • तपाइको आवेदनमा अपलोड भएको आइडी अपलोड काटिएको, पढ्न नसकिने, अधुरो वा धमिलो छ भने कृपया आफ्नो प्रोफाइलमा लग इन गरेर पूर्ण, स्पष्ट पढ्न सकिने आइडी अपलोड गर्नुहोला ।
  • Incomplete/Partial/Blur ID. Plz update https://nrnusa.org/membership/login/

६) Proof of US address (अमेरिकाको ठेगाना खुलेको कागज):

  • यदि तपाईंको आवेदनमा आइडी नेपाली पासपोर्ट राख्नुभएको छ भने तपाईंले नेपाली पासपोर्टसंगै तपाईंको अमेरिकाको ठेगाना खुलेको कागज पनि अपलोड गर्नुपर्छ । त्यो कागज हालसालै विद्युत प्राधिकरण/फोन कम्पनी/ब्यान्क आदिले पठाएको बिल हुन सक्छ, जसमा तपाईंको नाम, ठेगाना र मिती राम्ररी देखिएको होस् । कृपया आफ्नो प्रोफाइलमा लग इन गरेर त्यो कागजात अपलोड गर्नुहोला ।

Need proof of US address eg utility bill/statement. Update https://nrnusa.org/membership/login/

आवेदनमा यी सबै सच्याउन २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म दिइएको र त्यस पस्चात आवेदन सच्याउन नमिल्ने बनाइने हुँदा यथाशिग्र आफ्नो आवेदन सच्याएर भेरीफिकेसन कमिटीलाई सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौं । २०२१ फ़ेब्रुअरी २८ सम्म नसच्याइएको आवेदन अप्रुभ गर्न नसकिने हुदा स्वतः रिजेक्ट हुने समेत जानकारी गराइन्छ। Verification सम्बन्धी समस्या भए verification@nrnusa.org मा इमेल गर्नुहुन अनुरोध छ।

Please Note: तपाइको आवेदन अप्रुभ भैसकेको छ र आफ़्नो State मा नाम देखिइसकेको छभने यो इमेलबारे तपाईले केही गर्नु पर्दैन।

धन्यवाद,

डा. राजन पन्त

Chairperson

Membership Verification Committee 2021-23

NRNA NCC USA

Feb- 25, 2021