NRNA NCC USA Official Seal

NRNA NCC USA निर्वाचनका उम्मेदवारहरुको पहिलो लिष्ट प्रकासित, नाम सहित

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचन आयोगले निर्वाचनका उम्मेदवारहरुको पहिलो लिष्ट प्रकासित गरेको छ।

अप्रिल २३, २०१९ मा लिष्ट प्रकासित गरेपछि हलिउडखबरसँग कुरा गर्दै आयोगका प्रमुख विश्व नाथ बरालले केहि उम्मेदवारहरुको सामान्य कुराहरु छुटेकाले अप्डेट पेश गर्न इमेल गरिएको छ। समय सिमामा प्राप्त र शुल्क तिरेका सबैको नाम दोश्रो लिष्टमा समावेश हुनेछ। यो पहिलो लिष्टमा सबै मापदण्ड पुगेकाहरुको हो। ठेगाना लगायत सामान्य कुराहरु छुटेका जस्ता उम्मेदवारहरुको लागि र कतिपय सिष्टममा नहुँदा इमेलबाट आएकाहरुको केहि प्राविधिक कुरा बाहेक सबै कुरा राम्रो रहेको कुरा बरालले बताए।

सामान्यतया ठूला कुरा छैनन् केहि स्टाटस जस्ता कुराको प्रमाण मागेको हो। उहाँहरुले हामीले मागेको कुरा दिनुहुन्छ भन्ने मेरो विश्वास छ। संभवत सबैजनाको नाम दावी-बिरोधको लागि सूचना गर्दा सम्म प्राप्त भैसक्छ, बरालले भने।

संघको एनसीसी अमेरिकाको आजीवन र साधारण गरि जम्मा ९,१७२ पंजीकृत सदस्यहरु रहेका छन्। अप्रिल ७ मा प्रकाशित मतदाता नामावलीमा सो संख्या उल्लेख गरिएको थियो।

उम्मेदवारहरुको नामावली लिष्टको लिंक यहाँ तल दिइएको छ :

https://nrnusa.org/media/28806/notice-on-candidate-first-publised-list.pdf

 

https://nrnusa.org/media/28807/candidates-first-published-list.xlsx