NRNA NCC USA California Chapter को पदस्थापन तथा हस्तान्तरण

Hollywood Khabar January 03,2018 Comments

रोशन अधिकारी/सान फ्रान्सिस्को
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया च्याप्टरले २० जनवरी २०१८ मा आफ्नो पदस्थापन तथा हस्तान्तरण कार्यक्रमको आग्योजना गरेको छ।
च्याप्टरको डिसेम्बर ३ मा बसेको बैठकले पदस्थापन, हस्तातरण र  बिदाई कार्यक्रम भब्य रूपमा हलिवुड नगरी भनेर चिनिने लस एन्जलसको आर्टेसिया शहरमा गर्ने निर्णय गरेको छ। NRNA NCC USA का बरिष्ठ उपाध्क्ष्य सुनील शाहको प्रमुख आथितयमा हुने कार्यक्रम अरु च्याप्टरहरुले गरेको भन्दा भिन्न किसीमको हुनेछ।
कार्यक्रममा पुरानो कार्यसमितिको साथीहरुलाई बिदाई, नयाँहरुलाई स्वागत, सपथ र पदस्थापनका साथै NRNA NCC अमेरिकाको हेल्प डेस्क, कल्चर समिति, महिला समितिमा मनोनित हुनेहरुको परिचय समेत हुनेछ। यसका साथै कार्यक्रममा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको पनि ब्यबस्था गरिएको छ।
कार्यक्रम जनवरी २०, २०१८ शनिबारका दिन स्थानिय तारा हिमयालन कुजिन, आर्टेसियामा बेलुकी ६ बजे सुरु हुनेछ। कार्यक्रममा NRNA अमेरिका र अमेरिका भरिका चाप्टरका प्रतिनिधिहरुलाई निम्तो गरी सकिएको छ। यसका साथै क्यालिफोर्नियाका नेपालीहरुको संघ-सस्थाहरुलाई निमन्त्रणा गरिसकिएको छ।
कार्यकार्यक्रममा सस्थाले हालसम्म गरेको काम र १ बर्ष भित्र गर्ने कामहरुको जानकारीका साथमा कार्यक्रममा सहयोग स्वरूप $१० (दस डलर) प्रवेसबापत अनुरोध गर्ने र खर्च कटाएर बचेको रकम इमर्जेन्सी फन्डमा राखिने छ।
अन्तमा, कार्यक्रमलाइ भब्य र शब्य बनाउन क्यालिफोर्नियाका सम्पूर्ण संघ-सस्था र नेपाली अमेरिकन समुदयालाई हार्दिक निमन्त्रणाका साथ अनुरोध छ।