-NRNA NCC USA:कृष्ण पोख्रेल अध्यक्षका उम्मेदवार

NRNA NCC USA:पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल अध्यक्षका उम्मेदवार

Hollywood Khabar March 12,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले अध्यक्षका लागि उम्मेद्वारी दिने कुरा गरेका छन्।

कृष्ण पोख्रेल नेपालमा रहंदा नेपाल बिधार्थी संघको राजनीतिमा थिए। अमेरिका आएपछि न्यूयोर्क बस्दै आएका पोख्रेल नेपाली काँग्रेसको भगिनी संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको राजनीतिमा होमिए। कनेक्टीकटमा भएको अधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित पोख्रेल जनसम्पर्क समितिको राजनीतिबाट २०१३-२०१५ कार्यकाल देखि एनआरएनएको अभियानमा आए।

एनआरएनए एनसीसी अमेरिकाको सो कार्यकालमा महासचिवमा निर्वाचित पोख्रेल २०१५ को एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। २०१७ मा भएको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए।

पोख्रेलसँग यो पंक्तिकारले एनआरएनए एनसीसी अमेरिकाको २०१३-२०१५ कार्यकालमा एउटै कार्यसमितिमा काम गरेको अनुभव छ। त्यो समय उनी एक शसक्त महासचिव थिए। नियन्त्रित रुपमा बैठक चलाउँथे, बिषयलाई बैठक एजेण्डामा लैजानुपूर्व थुप्रै व्यक्तिहरुसंग परामर्श गर्थे, तिनीहरु मध्येका एक म आफू पनि थिएँ।

कृष्ण पोख्रेलले आज यो पंक्तिकारसंग कुराकानी गर्दै भने- मैले आफ्नो सबै सकेसम्मको काम गरेर संस्थालाई अगाडि बढाउने काम गरेको नै हो। आफू महासचिव हुँदा सबै साथीहरुलाई समेटेर लगेकै हो, विवादहरु सुन्दै निराकरण र न्यूनीकरण गरेकै हो, ठूला-ठूला काम पनि टिमबाट गरियो। त्यो समय हाम्रो एजेण्डा नेपालका प्रधानमन्त्री, अर्थमन्त्री देखि सम्माननिय राष्ट्रपतिज्यू सम्म पुर्याएको नै हो। यति मात्र होइन थुप्रै कुरा टुंगोमा पुर्याइयो। आइसीसीसँग बिग्रेसको संबन्ध सुधार्न दुइ-दुइ पटक साधारण सभा त्यो पनि छोटो समयमा गरेकै हो। तर २०१५-२०१७ कार्यकालमा आफू बरिष्ठ उपाध्यक्ष भएकोले दिएको जिम्मेवारी गर्ने काम मात्र गरियो।

त्यो त भयो पुरानो कुरा, ऐले यो वाइल्ड कार्ड जसरी उम्मेदवार किन भएको त भन्ने प्रश्नप्रति उनले भने, यो पटक म शान्त देखिएको मात्र हो सदस्यता बनाउने अभियानमा म शान्त रुपमा नै अगाडि थिएँ। कुराकानी निश्चित ब्यक्तिहरुसँग भएकै थियो र छ पनि। मेरो सपोर्ट र जित्ने आधार पनि छ। ऐलेका अध्यक्षका उम्मेद्वारहरुका आफ्नै कुरा होलान तर मैले जति सफलतापूर्वक पदिय जिम्मेवारी निभाउने उनीहरु होइनन। त्यसैले मैले उम्मेदवार हुने निर्णय गरेको हुँ।

यो पटक टिमको कुरा हो कि एकल हो भन्ने जिज्ञासामा उनले भने, टिमको तयारी गर्दैछु, सबै तयारी भएपछि छिट्टै औपचारिक रुपमा घोषणा गर्दैछु। अरु पदको लागि बार्गेनिंङ्ग त हैन ? पोख्रेल भन्छन- मेरो उद्येश्य नै अध्यक्ष हो अरु होइन त्यसैले यसमा अन्यथा छैन।