-एनआरएनद्वारा सुदूरपश्चिम प्रदेशकाका लागि Covid-19 Detection Test Kit र RNA Extraction Kit नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

एनआरएनद्वारा सुदूरपश्चिम प्रदेशकाका लागि Covid-19 Detection Test Kit र RNA Extraction Kit नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

Hollywood Khabar June 20,2020 Comments

२० जुन २०२० का दिन गैरआवासीय नेपाली संघले २५०० Covid-19 Detection PCR Test Kit र २५०० RNA Extraction Kit सुदुर पश्चिम प्रदेशका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्‍यो।

उक्त सामाग्रीहरु गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गर्नु भयो ।

मन्त्री भट्टले गैरआवासीय नेपाली संघबाट प्राप्त सामाग्रीहरुमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने जानकारी दिनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो । उहाँले कोरोना परिक्षणको लागि सुदुर पश्चिम प्रदेशले किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग रहने भएको छ ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सकृयतामा गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय Covid-19 Detection PCR Test Kit र सोही संख्यामा RNA Extraction Kit हस्तान्तरण गरेको हो ।

सचिवालय

गैरआवासीय नेपाली संघ

२० जुन २०२०