NRNA: संघको मुख्यालय भवन अबलोकन गर्दा मन भारी भयो, आँखा रसायो- लामा

Hollywood Khabar September 19,2018 Comments

सोनाम लामा/निवर्तमान क्षेत्रीय संयोजक, अमेरिकाज
गैरआवासीय नेपाली संघको मुख्यालयलाई आगामी ११ अक्टोबर २०१८ का दिन संघलाई हस्तान्त्रण गर्ने भन्ने अभिव्यक्ति संघका अध्यक्ष भबन भट्टबाट बारम्बार दिदै आउनु भएकोले धेरै खुशी लागेको थियो।

गैरआवासीय नेपाली संघ युकेको टोलीसित मलाइ पनि मुख्यालयको भवन अवलोकन तथा निरक्षण गर्ने मौका मिल्यो। केन्द्रिय भवन बाहिरबाट हेर्दा ईटाको गारो लगाएको छ। यो अब तयार भयो भन्ने भान पनि हुने गर्दछ। भवनको भित्र पसे पछि सबै स्पस्ट हेर्न पाइन्छ।

म आफू यो भबन निर्माणमा सुरुका दिन देखि सहभभागी भएको छु। जमिन खरिद देखि नक्सा र अरु धरै कुरामा आफू संलग्न थिए। अमेरिकन दुताबासको नक्शा बनाएको नामुद जेके असोसीयटले तयार गरेको प्रारम्भिक नक्शामा अनुसारको निर्माण ऐले भइरहेको छैन। ओरिजिनल नाक्सामा बेसमेंटमा पार्किंग, पहिलो तल्लामा कार्यालयको कामकाज, सामग्रीको स्टोर कोठा, लोबी र कन्फ्रेन्स हल थियो। त्यसैगरी दोश्रो तल्लामा सबै क्षेत्रका रिजनल कोर्डिनेटरहरुलाई एक-एक कार्यालय, मिटिंग हल, तेश्रो तल्लामा अध्यक्षको कार्यालय, एक्ज्युकेटीवको कार्यकक्षहरु र निर्देशक तथा स्टाफको कार्यकक्ष, मिटिंग र भिडियो कन्फ्रेन्स हल तथा टप फ्ल्योरमा क्याफे एण्ड बार थियो। यति मात्र होइन युएन भवनको जस्तै फ्रन्टभ्यु टेरास र बाहिर गेटसंगै सबै एनसिसीका सम्बन्धित देशका राष्ट्रिय झण्डा फहराई अन्तराष्ट्रिय स्तरमा गैरआवासीय नेपाली संघको मान सम्मान र मर्यादाले सबै ५० औं लाख गैरआवासीय नेपालीहरुको भावना मर्म र मुल्य मान्यतालाई उच्च बनाउने सोचका साथ डिजाइन तयार गरिएको थियो।

तर अहिले गैरआवासीय नेपालीको केन्द्रिय भबनलाई तोडफोड गरी मुटु भित्र संघिन रोप्ने काम भएकोमा मलाई दु:ख मात्र लागेन मेरो आत्म नै रोयो। मुटु भक्कानियो, आसुका लहराहरु छुटे। पुर्पुरोलाई समाउनु पर्ने अवस्था भयो, अब के गर्ने ???

बनि तयार भएका सिमेन्टको भर्याङ्गलाई भत्काई स्टिलको भर्याङ्ग निर्माण गरिएको छ। तल्ला तोडफोड गरिएको छ। सिमेन्टले निर्माण गरिएको तल्लालाई भत्काएर स्टिलको रडले टालो गासेको छ। कहिँ रंग रोगन गरिएको छैन। सरसफाई कहिँ छैन। कहिँ टायल बिछाएको छैन। वायरिङ्ग कहिँ गरिएको छैन। कुनै शौचालय बनाएको छैन। भर्याङ्ग बनेर तयार भएका छैनन। पुरै भित्तामा पलास्टर गर्न बाकी छ। बाहिर अगाडिको आगन सम्माएको छैन। गेटमा ७९ एनसीसीहरुका सम्बन्धित मुलुकका झण्डा फहराउन स्टांड निर्माण गरेको छैन। बेसमेन्टको पार्किंगको लागी बनाएको ठाउमा अझै तयार गर्न नै बाकि छ।

अध्यक्ष तथा पदाधिकारीहरुका कार्यालय कक्ष कहाँ बनाउने भन्नेमा समेत दुबिधा रहेको देखिन्छ। कन्फ्रेन्स हल मिटिंग हलको बारेमा अहिले सम्म बनेका छैन।  आज सम्म ५० % भवन निर्माणको काम सकिएको छ भने अरु ५० % काम गर्न बाकि नै छ। काम एक दमै सुस्त गतिमा चलि रहेको प्रत्येक्ष देखियो।

नया नेतृत्व आएसंगै भवनको नक्शालाई अदली बदलि गर्दै पहिले नगरपालिकामा दर्ता भएको भन्दा फरक बनाएको देख्दा मलाई आश्चर्य लाग्यो। बेसमेन्ट देखि टप फ्ल्योर जानलाई लिफ्टको ब्यबस्था गरेर बनाएको संरचना पनि अहिले तयार नै गरेको छैन। तलाको ओपन स्पेसमा रेलिङ्ग राख्ने कामको नामो-निसान छैन। पानीको पाईप बिछौने काम भएकै छैन।

नक्शामा एक किसिमको बनाएको छ तर संरचनालाई तोडफोड गरी नक्शा बिपरित गरिएको छ। यो भवन निर्माण भई सके पछि पनि कानुनी रुपले अनेकै बाधाहरु आउन सक्ने देकिन्छ। किन कि भवन निर्माण नक्शा बिपरित मनोमानी हचुवाको भरमा निर्माण गरिएको देखियो। ५० औं लाख गैरआवासीय नेपालीहरुको मनलाई स्वदेशमा एकै ठाउमा बिसाउने केन्द्रिय भवनलाई व्यापारिक महल बनाउदै गरेको देख्दा मन नै रोएर आयो। धन्य हो एनआरएनएको वर्तमान नेतृत्व!!!

निर्माणधिन भवनमा विश्व सम्मेलन समेत जोडेर हेर्ने चस्माको पावर नै नभएको जस्तो लाग्यो। यो भवनमा ५० औं लाख गैरआवासीय नेपालीहरुको भावनालाई ठोस पुगेको छ। आत्म रोएको छ। मनोबललाई गिराउने काम भएको छ।

आगामी ११ अक्टोबर २०१८ का दिन निर्माणधिन भवन संघलाई हस्तान्तरण त हुन सक्ला तर तयारी अबस्थाको गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालय भवन भने कुनै पनि हालतमा जादुको छडिले पनि तयार हुन सक्दैन। झुट र असत्य बोलेर भ्रामिक जीवनले धेरै दिन चल्दैन र दुई चार दिन समय काट्न सकिएला तर सत्य बुद्ध जस्तै अटल रहन्छ। यो काम ११ अक्टोबरको सम्म हुँदैन, प्रत्येक्ष देखिने छ त्येसैले झुटको खेती नगरौ।

**यो लेख सोनाम लामाको फेसबुकबाट उहाको अनुमतिमा साभार गरिएको हो**